चितुवावाट मृत्यृ भएको परिवारलाई सरकारले १० लाख दिन्छ :सांसद सिग्देल।

वि वि श्रेष्ठ/शुक्लागण्डकी नपा –२, दगाम/प्रतिनिधीसभा सदस्य एवं तनहँु क्षेत्र न२ का सासद केदार सिग्देलले चितुवाको
आक्रमणमा परि ज्यान गुमाउनेको परिवारलाई सरकारले १० लाख दिने वताउनुभएको छ
। शुक्लागण्डकी नगरपालिका वडा नं २ को मसार दगाममा यहि श्रावण २१ गते चितुवाको
आक्रमणमा परि ज्यान गुमाएको परिवारजनलाई भेट्ने क्रममा सासंद सिग्देलले
सो कुरा वताउनुभएको हो ।
यहि श्रावण २१ गते राति ७ वजेको समयमा एक्कासी चितुवाले छोरा लिएर गयो । विजुली
पनि नभएको वेलामा आगँनमा रहेको छोरा लिएर गयो, भावविह्ल हुदै आमा
कृष्णमाया थापा रानाले वताउनुभयो । नजिक घरपनि नभएको कारण गाँउले पनि
समयमा आउन सकेन । १८ महिनाको वालकलाई चितुवाले लगेपछि गाँउ नै सुनसान वनेको
छ भने गाँउलेहरु पनि त्रासमा वसेको छ ।
घटना अत्यन्त दुखद भएको र अवको दिनमा थप सर्तकताका साथ रहनुपर्ने सासंद
सिग्देलले वताउनुभयो । सरकार जनताको हरेक समस्यामा चिन्तित छ, सरकारले पिडित
परिवारलाई अवको केहि दिनमा १० लाख सहयोग दिने भएको हुदाँ त्यसले परिवार
व्यवस्थापन गर्न आग्रह गर्नुभयो । साथै खरको छानोलाई सुरक्षित आवास कार्यक्रम
अन्र्तगत टिनको छानो वनाउन सम्वन्धित निकायलाई निर्देशन समेत दिनुभयो । जंगलको वीचमा घर भएको हुदाँ पनि वस्तीको वीचमा घर स्थानान्तरण गर्न पनि
वहाँले आग्रह गर्नुभयो । यसैक्रममा प्रमुख जिल्ला अधिकारी सागर आचार्यले यस
दुखद घडिमा सरकारले सकेको सहयोग गर्ने वताउनुभयो ।
मृतक परिवारजनलाई समवेदना दिनका लागी प्रमुख जिल्ला अधिकारी सागर
आचार्य, सशस्त्र वलका प्रमुख, जिलला वन कार्यलयका प्रमुख केदार वराल, कृषि ज्ञान केन्द्र
तनहुँका प्रमुखकुल प्रसाद तिवारी, शुक्लानगरपालिकाका प्रवक्ता खिम कुमाल, नेकपा
नेताहरु श्रीप्रसाद श्रेष्ठ, रामचन्द्र उपाध्याय, हरिराज कडेल लगायतको नेताहरु
जानुभएको थियो । सोही अवसरमा जिल्ला वन कार्यलयका प्रमुख केदार वरालले चितुवाको खोर स्थानिय
वासिन्दालाई हस्तान्तरण गर्नुभयो ।