रामलाल वचाउन समाज गठन, संयोजकमा ढुङ्गाना

मृगौला पिडित रामलाल श्रेष्ठ को सहयोग गर्नका लागी समाज गठन गरिएको छ । साविक जामुने, मनपाङ्ग र छाङ्ग हाल म्याग्दे निवासी स्थानिय वासिन्दाहरुको भेलाले मृगौला पिडित रामलालको जीवनरक्षाका लागी आर्थिक सहयोग जुटाउने अभिप्राय स्वरुप म्याग्दे दमौली सम्पर्क समाज गठन गरेको हो । ज्येष्ठ सदस्य राम वहादुर अधिकारीको सभापतित्वमा सम्पन्न भएको उक्त भेलाले भाग्यशाली ढुङ्गानाको संयोजकत्वमा ७ सदस्यीय समाज गठन गरेको हो ।
भाग्यशाली ढुङ्गानाको संयोजकत्वमा गठित समाजले उपसंयोजकमा मनिराज थापा, सचिवमा पदम कुमार श्रेष्ठ, कोषाध्यक्षमा मनोज अधिकारी, सदस्यहरुमा हरिशरण वाग्ले, वलराम वाग्ले र राजकुमार श्रेष्ठ वि.वि. सर्वसम्मतले चयन गरेको छ । समाजले म्याग्दे मा रहेका परिवारलाई परेको दुख, कष्टमा सहजीकरणको भुमिका खेल्ने समाजको अध्यक्ष ढुङ्गानाले वताए । यो विशुद्ध समाजिक संस्था हो, यसले म्याग्देमा रहने स्थानिय वासिन्दालाई परेको समस्यालाई समाधान गर्ने भुमिका खेल्नेछ । आपत विपत र प्राकृतिक दुर्घटना लगायतको घटनामा समाजले सक्दो सहयोग गर्दछ, यसैका लागी समाज गठन गरिएको हो, संयोजक ढुङ्गानाले वताए । रामलाल श्रेष्ठलाई परेको दुखमा समाजले सकेको सहयोग गर्दछ, यसका लागी सम्पुर्ण मनकारी दानदाताहरुलाई सहयोग गर्न पनि वहाँले अपिल गर्नुभयो ।
मृगौला पिडित रामलाल आफैमा पिडित हुदाँहुदै जेठो छोराका करेण्ट लागेर मृत्यृले थप क्षति पुगेको छ । यो वेलामा हामी सम्पुर्ण महानुभावहरुलाई सहयोग गर्न आग्रह गर्दछौ । सहयोग गर्न ईच्छुक महानुभावहरुले एन.एम.वी वैक को दमौली शाखामा रहेको रामलाल श्रेष्ठको खाता नं १२८०१००५५९५०००११ रकम जम्मा गर्न र आवश्यक केहिु वुझन ८४६०४०३२६, ९८४६०६२०८७ र ९८४६०९०७१८ मा सम्पर्क गर्न समेत वहाँले अपिल गर्नुभयो ।