रत्ननगरमा नि:शुल्क मास्क बितरण तथा सचेतना कार्यक्रम रत्ननगर।

साउन २६/मिष्टर एण्ड मिस चितवन एसइइ २०२० र हेड्स नेपालको सहकार्यमा आइतवार रत्ननगरमा नि:शुल्क मास्क वितरण गरिएको छ । बढ्दो कोरना संक्रमणलाइ लिएर निशुल्क मास्क वितरण तथा सचेतना कार्यक्रम गरिएको चितवन एसइइका अध्यक्ष बिशाल एच आलले बताउनु भयो । चितवन एसइइकी सहभागि सञ्जना खड्का तथा हेड्स नेपालको आर्थिक सहयोगमा करिब ५ सय भन्दा बढी मास्क वितरण गरिएको हो ।
कोभिड १९ को लागी सचेतना तथा यस वाट कसरी बच्ने भन्ने जानकारी सहितको प्ले कार्ड लिएर सहभागिहरुले शान्तिपुर्ण रेयाली समेत निकालेका थिए । रयालीमा सहभागिहरुले सामाजिक दुरी कायम , मास्क , ग्लोव्स तथा स्यानिटाइजरको उचित प्रयोग गदै र्यालीमा सहभागि भएका थिए । रत्ननगरको सौरहाचोकमा सार्वजनिक यातायातका चालक , सह चालक तथा सो वाटो भएर यात्रा गर्नुहुने यात्रुहरुको लागी मास्कवितरण गरिएको हेड्स नेपालकी अध्यक्ष शोभा लामाले बताउनु भयो । चितवन एसइइले यो पटक हेड्स नेपालसंग सहकार्य गदै यस किसिमको सचेतना कार्यक्रम आयोजना गरेको हो ।
करिब ५ सय भन्दा बढी सर्वसाधरण , सार्वजनिक यातायात तथा अन्य सवारीका चालक तथा सह चालकलाइ मास्क वितरण गरिएको हो । मास्क वितरण सहित मास्कको महत्व तथा यसको विषयमा सचेतना दिइएको थियो । कोभिड १९ को महामारि बढी रहेकोले नियमित माक्स लगाउन रयालीमा सहभागिहरुले सर्व सारधणलाइ अनुरोध गरेका थिए ।