अमेरिकाले लगायो टिक टक र वी च्याटमा प्रतिवन्ध !

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले चिनिया एप टिक टक र वीच्याटमाथि प्रतिवन्ध लगाउने एक आदेशमा हस्ताक्षर गरेका छन्।

यो प्रतिवन्ध अबको ४५ दिन लागु हुने छ। अमेरिकाको राष्ट्रिय सुरक्षाको हितमा यो निर्णय लिइएको ट्रम्पले बताएका छन्। यो कार्यकारी आदेशसँगै टिक टकको प्यारेन्ट कम्पनी बाइटडान्ससँग कुनै पनि प्रकारको कारोबार हुने छैन।

देशको सुरक्षाको लागि टिक टकका मालिकविरुद्ध आक्रामक कदम उठाउन जरुरी भएको आदेशमा भनिएको छ। माइक्रोसफ्टले अमेरिकामा टिक टकको कारोबार खरिद गर्न चाहेको छ।

वीच्याट बन्द गर्न पनि ट्रम्पले कार्यकारी आदेश जारी गरेका छन्। वीच्याटको मालिक चिनिया टेक कम्पनी टेन्सेन्ट हो। आदेश पछि टेन्सेन्टको सेयर मूल्य घटेको छ।

ट्रम्पले आफ्नो आदेशमा चिनिया मोबाइ एप्सले अमेरिकाको राष्ट्रिय सुरक्षा, विदेश नीति र अर्थव्यवस्थामा खतरा पुर्याएको बताएका छन्। विश्वमा ५० करोड टिक टक प्रयोगकर्ता रहेका छन् भने अमेरिकामा मात्रै ८ करोड।