गृह जिल्लामा ब्यस्त प्रचण्ड आज दिनभर पनि बाढी प्रभावित क्षेत्रमा ।

                                          फोटो :  राजेन्द्र आचार्य

डिलकुमारि नेपाल/चितवन /असार २८आईतवार/नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वी चितवनको लोथरदेखि सौराहासम्म स्थलगत निरीक्षण गनुभएको छ। पुष्पकमल दाहालले गृह जिल्ला पूर्वी चितवनकै राप्ती, खैरहनी र रत्ननगर नगरपालिकासगँ जोडिएको लोथरदेखि सौराहासम्मको राप्ती ड्याक निरीक्षण आज आईतबार नै गर्नुभएको हो।

शनिबारआफ्नो निर्वाचन क्षेत्र स्थित माडि नगरपालिकामा बाढी प्रभावित क्षेत्रको निरीक्षण गरिसकेका दाहालले भनेआइतबार चितवन क्षेत्र नम्बर १ र २ मा विकास निर्माणसँगै बाढी कटान तथा डुबान क्षेत्रको स्थलगत निरीक्षण गनुभएको सचिवालय सचिव गंगा दाहालले जानकारि दिनुभयो। सोहि निरीक्षणका बेला खैरहनी स्थित जिन्दगानीघाटमा खैरहनीका मेयर लालमणि चौधरीले राप्ती ड्याक निर्माण पश्चात यहांका क्षेत्रहरु सुरक्षित रहेको भन्दै सौराहासम्मअझै पूर्ण हुन बाँकी ड्याक साईडहरुको बिषयमा पहल गरिदिन दाहाललाई आग्रह समेत गरेका छन्।
रिगंरोडको रुपमा पर्यटकीय स्थलको रुपमा गर्ने अवधारण अनुसार वस्ती र पर्यटकीय ठाउँ जोगाउन ड्याम निकै उपयोगी देखिएको र यसलाई थप संरक्षण र विकासमा सहयोग गर्ने अध्यक्ष प्रचण्डले सो अवसरमा प्रतिवद्धता जाहेर गरेका छन् ।दनहालले दिर्घकालिन योजनाका साथ तटबन्धनलाई थप बलियो बनाउन उहा्ले नारायणी नदीसम्मको रिगंरोडमा जोड्ने प्रतिबद्धता समेत व्यक्त गनुभएको थियो ।तत्कालिन जिल्ला विकास समितिका कारण वातावरण प्रभाव मुल्यांकन ९आईईई ० मा समस्या हुँदा ,ड्याक निर्माण कार्य ढिलाई भएको मेयर चौधरीले बताए ।

चालु आर्थिक वर्षदेखि नेपाल सरकार, स्थानीय तह र स्वीज सरकार बिच ड्याकसाईड निर्माण गरेका मेयर चौधरीले प्रचण्डलाई गुनासो सुनाए । स्वीस सरकारको सहयोगका कारण ड्याक निर्माणपछि बस्ती सुरक्षित भएको र जिविकोपार्जनमा टेवा पुगेको चौधरीले भने ।लोथरमा राप्तीकी मेयर प्रभा बरालले राप्ती ड्याकमा निर्माण सुरु गरिएकोआरसिसि ड्याक निर्माणका बारे बताईन् । वर्षेनी डुबानमा पर्दै आएको पर्यटकीय क्षेत्र सौराहालाई सुरक्षित बनाउन ड्याक निर्माणमा सहयोग मागदै मेयर नारायण वनले पूर्व प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका छन्। साथै वर्तमान विषम परिस्थितीमा यहाँका हात्तीहरु भोकै रहनुपर्ने बाध्यता रहेको भन्दै निकुञ्ज क्षेत्रभित्र पर्ने निजी जग्गामा हात्ती चरणको व्यवस्थामा सहजीकरणमा पहल गन मेयर वनले आग्रह गर साथै सौराहाका वद्रेनी,खोरसोर सम्म पुगी प्रचण्डले जंगली जनावरबाट हुने क्षती र बाढीबाट सधै क्षतीका हुने क्षेत्रका बारेमा जानकारी लिएका हुन् ।

आईतबार नै प्रचण्डले कालिका नगरपालिकाको बाढी डुवान क्षेत्रकोहरु निरीक्षण गरेका छन्। निरीक्षणका क्रममा प्रदेश सांसदहरु कृष्ण प्रसाद खनाल, घनश्याम दाहाल, भरतपुर महानगरपालिका मेयर रेनु दाहाल, खैरहनी मेयर ,कालिका नगरपालिका मेयर खुमनारायण श्रेष्ठ, रत्ननगर मेयर नारायण वन, राप्ती नगरपालिका मेयर प्रभा वराल, उपमेयरहरु इमानसिंह लामा, विमलादेवी दुवाडी, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई, शसस्त्र प्रहरी वल नेपाल गढीमाई बाहिनी भण्डारा चितवनका डिआईजी कृष्णभक्त व्रहचार्य, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख नान्तीराज गुरुङ लगायतको टालि सो क्षेत्रमा उपस्थिति थिए।