माडीमा आकासे पुल बनाएरै छाड्ने प्रचण्ड उदघोष।

चितवन/नेपाल कम्युनिष्ट पार्टीका(नेकपा) का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले चितवन राष्ट्रिय निकुञ्जमा आकाशे पुल बनाएरै छाड्ने उद्दघोस गरेका छन्। जिल्लामा बाढी पहिरोले पुर्‍याएका क्षतिबारे जानकारी लिने क्रममा(शनिबार) माडी पुगेका दाहालले चितवन राष्ट्रिय निकुञ्जमा आकाशे पुल बन्नेमा ढुक्क हुन आम माडी बासीलाई आग्रह समेत गरेका छन् ।

उनले माडी जाने बाटोमा पर्ने निकुञ्जमा आकाशे पुल बनाउने बिषयमा पार्टीभित्र र सरकारसँग बारम्बार छलफल भइरहेको भन्दै “राष्ट्रिय निकुञ्जमा आकाशे पुल बनाउने परिकल्पना मैले तपाईहरु माझ राखेको हो उनले भने, म त्यसमा पार्टी भित्र र सरकारसँग पनि लगातार छलफल गरिरहेको छु ।”

दाहालले आकाशे पुल बारे अध्ययन र डिपीआरका लागि एक करोड छुट्याइएको स्पष्ट पारेका छन् । अध्ययन र डिपीआरका लागि ५० लाख छुट्याइएको भन्ने हल्ला भए पनि एक करोड छुट्याइएको उनले बताए ।
उनले भने, “तपाईहरुले ५० लाख भन्नुभयो, ५० लाख होइन, अध्ययन र डिपीआरका लागि एक करोड छुट्याइएको छ ।”
अध्ययन र डिपीआरका लागि एक करोड छुट्याइएकोले काम अघी बढ्ने निश्चित भएको उनको तर्क छ ।