अवैध रूपमा मृगौला प्रत्यारोपण गरेको आरोपमा चितवनको पुरानो मेडिकल कलेजका ४ डाक्टर पक्राउ

चितवन/असार २७/चितवनमा प्रहरीलेअवैध रुपमा मृगौला प्रत्यारोपण गरेको अभियोगमा ४ जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले चितवनको भरतपुर स्थित पुरानो मेडिकल कलेजका ४ जना डाक्टरहरुलाई अवैध मिर्गौला प्रत्यारोपण गरेको आरोपमा पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा अस्पतालको मृगौला रोग विभागका प्रमुख प्रा. डा.राकेश वर्मा, प्रा. डा. बालकृष्ण कालाखेती,  डा. सुप्रभात श्रेष्ठ र डा.किरण अधिकारी रहेका छन् । डा. सुप्रभात श्रेष्ठ कलेजका सीईओ र मेडिकल काउन्सिलका सदस्य पनि हुन् ।

त्यस्तै पक्राऊ पर्नेहरुमा जिल्ला प्रशासन कार्यलय चितवनका एक अधिकारी र अधिवक्ता रमेश काफ्ले पनि रहेको चितवन प्रहरी स्रोतले जानकारी दिएको छ । प्रहरी स्रोतका अनुसार यस विषयमा प्रहरीले आइतबार मात्रै पत्रकार सम्मेलनमार्फत आधिकारिक जानकारी दिने बुझिएको छ।