बालिका बलात्कार प्रयासको घटना दबाउन वडाध्यक्षको भुमिका शंकाष्पद, छानबिन कहिले ?

सुर्य बराल, चितवन असार, २ गते / चितवनको भरतपुर महानगरपालिका अन्र्तगतको २० नं.वडामा वडाध्यक्षकै नेतृत्वमा बालिका बलात्कार प्रयासको गम्भिर घटनालाई सामसुम परिएको छ ।
भरतपुर २० चनौली बजारमा गत् जेष्ठ २० गते घटेको बालिका जबरजस्ती करणी प्रयासको उक्त घटनामा सम्लग्न ति ब्यक्तीलाई राजनितीक एवं आर्थिक पहुँचकैआधारमा कानुनी कार्बाहीबाट उन्मुक्ती दिने मनाशय ले वडाध्यक्ष नैं आफैं न्यायधिश बनि पिडीत परिवारलाई मानसिक दबाब दिनुका साथै केही रुपयाँको प्रलोभनमा पारी केही बजारका धनाढ्यहरु समेतको रोहबरमा घटनालाई सामसुम पारिएको बिषयले अहिले पश्चिम चितवनका स्थानियहरु तिनछक परेका छन् ।

अचम्मको कुरा त १०० मिटर दुरीमा रहेको ईलाका प्रहरी कार्यालय चनौंलीलाई घटनाबारे केही जानकारी नहुनुले स्थानिय प्रहरीको असक्षमता की मिलेमतो ? भन्ने गम्भिर प्रश्न खडा गरिदिएको छ ।

घटना के थियो ?
गत् जेठ २० गते पश्चिम चितवनस्थित भरतपुर महानगरपालिका २० चनौली बजारमा रहेको एक हार्डवेयरमा काटँी किन्न गएकी एक बालिकालाई छिमेककै एक जना प्रौंढ पुरुषले जबरजस्ती करणी प्रयास गरेको भन्दै पिडीतकी आमा बुवा सहितका स्थानियहरुले उनलाई चनौली कै हाकु कुमालको घरमा केही घण्टा थुनेर १८ नंं.वडाका वडाध्यक्ष दिपक लामालाई बोलाएका थिए ।

घटनाबारे बुझेपछी नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्षले कानुनी निकायमा खबर गर्नुपर्नेमा बलात्कार प्रयासमा सँम्लग्न नेपाली काँग्रेसकै जनप्रतिनीधीका श्रीमान समेत रहेका ति ब्यक्तिलाई त्याहाँबाट छुटाएर उनको आफ्नै घरमा पुर्याएका थिए । केही समय पिडकसँग छुटट्ै बसेका वडाध्यक्षले पिडीतहरुलाई समेत त्यँहि बोलाई यो कुरो प्रहरीमा लैजान नहुने भन्दै पिडीतलाई मिल्न चौतर्फी दबाब दिएका थिए ।

आफ्नो पार्टीका सदस्य भएकै आधारमा उक्त घटनामा मुछिएका ति पुरुषलाई उन्मुक्ती दिन वडाध्यक्षले गाँउको कुरा बाहिर जान दिन नहुने भन्दै गाँउमै मिलाउनुपर्ने बताएर बालिका जर्बजस्ती प्रयास जस्तो गम्भीर आपराधीक कार्यलाई ढाकछोप गरी गुपचुपमै मिलाएको एक स्थानीयहरुले बताएका छन् ।

प्रहरीलाई निश्क्रीय बनाईएको दाबी
गोप्य स्थानीय श्रोतका अनुसार नजिकै रहेको ईलाका प्रहरी कार्यालयले बालिका बलात्कार प्रयासको घटना राजनितीक दबाब र लेनदेनमा मिलाईदै गरेको थाहा पाएर पनि बजार ब्यबस्थापन समिती र वडाध्यक्षको दबदबाको अगाडी प्रहरी मुकर्दशक बनेका हुन् ।

श्रोतले भन्यो, जेष्ठ २० गते बिहान ८ बजे छिमेकीको घरमा जाँदा ति बालिका माथी गृद्धे नजर लगाई ति पुरुषले जर्बजस्ती करणी प्रयास गरेका थिए । तर बालिकाले प्रतिरोध गरी हल्ला खल्ला गरेपछी सो घटना वरीपरिका टोलछिमेकले थाहा पाएका थिए । घटना घटेको दुईदिनसम्म अर्थात २२ गते सम्म के खिचडी पकाएका थिए वडाध्यक्षले ? अनि यस्तो लकडाउनमा हुलका हुल मानिसहरुको सार्बजनिक जमघट हुँदा प्रहरी मस्त निन्द्रामा थियो की चौंकी पुरै खाली ?

यसर्थ, प्रहरीलाई राजनितीक एवं आर्थिक पहँुचवाला बजारीयाहरुले पुरै निश्क्रीय एवं निकम्मा बनाएर केश डिसिमिस बनाउन सफल भएका हुन् । त्यँहिबाट अनुसन्धान शुरु गरेमा यर्थाथता आउने श्रोतको दाबी छ ।

स्थानिय प्रहरीको समेत मिलीभगतको आशंका !
यसैबिच, १०० मिटर दुरीमा रहेको ईलाका प्रहरी कार्यालयलाई घटनाबारे सबै थाहा पाएर पनि चुप बसेको स्थानियहरुले नै आशंका गरेका छन् । एक स्थानीयले नाम नबताउने शर्तमा भने, दैनिक उठबस र खानपान गर्नेहरुको बिरुद्ध प्रहरी कसरी एक्शनमा उत्रन सक्छ ?

उनले अगाडी थपे हैन भने बजार ब्यबस्थापन, स्थानीय टोल सहित दर्जनौंको उपस्थितीमा पटक पटक सार्बजनिक स्थल(आँगन)मा छलफल गरी दुईदिन पछी मात्र माफीे मगाएको घटना प्रहरीलाई थाहा नहुनु भनेको के हाम्रा प्रहरीहरु अन्धा र बहिरा हुन त ?, उनले प्रतिप्रश्न गरे ।

यता, १८ नं.को वडाध्यक्ष दिपक लामासँग यस बिषयमा बुझ्दा उनले पिडकलाई कालोमोसो लगाउने सम्मको तयारी भएको भएपनि १०० भन्दा बढी स्थानिय जम्मा गराई आरोपितले हात जोडेर माफी मागेपछी पिडीत पक्षले माफी दिएको बताए ।

यसैबिच, यस बिषयमा बालिका बलात्कार प्रयास जस्तो जघन्य अपराधको घटनालाई स्थानिय स्तरमा मिलाउन नपाईने र कसैको उजुरी नपरेपनि प्रहरीले थाहा पाएपछी अनुसन्धान गर्न सक्ने साथै सरकारबादी मुद्धा बन्ने भन्दै यस्तो घटना सामसुम हुनु दुःखद भएको महिला नेतृ एवं अधिकारकर्मी संगीता भटट्राईले बताईन् ।

यो घटनालाई सामसुम बनाउन किन वडाध्यक्ष नै लागीपरे ? के आफ्नो राजनितीक सदस्य वा कार्यकर्ता भएमा जस्तोसुकै हर्कत गरेपनि बचाउने नाममा कतै हामी अपराध र आपराधिक मनोबृत्तीलाई बढवा त् दिईरहेका छैंनौं ? घटना थाहा पाएर पनि नजिकैको प्रहरी किन मुकर्दशक रह्यो ? के ब्यबसायीक प्रहरीको छनक यहि हो ?

यस्ता यावत सवालहरु अझै आशंकाको घेरामा छन्, जसबारे हामी थप खोजी गर्ने नैं छौं ।  यता, जिल्ला प्रहरी कार्यालयका प्रबक्ता समेत रहेका प्रहरी नायब उपरिक्षक सुर्य थापाले जिल्ला प्रहरीले घटनाको सुक्ष्म अनुसन्धान शुरु गरिरहेको भन्दै घटनाको यथार्थता बाहिर ल्याएर छाड्ने बताए ।