कोरोना प्रतिरोधी औषधिको प्रयोग

रूपन्देही/कोभिड–१९ (कोरोना भाइरस) रोगका लागि उपयोगी हुने होमियोप्याथिक आर्सेनिक एल्ब ३० नामक औषधि पत्रकारका लागि पनि वितरण गरिएको छ । नेपाल पर्यटन पत्रकार महासंङ्घले शनिबारदेखि पत्रकारलाई औषधि वितरण गर्न सुरु गरेको हो ।

बुटवलको ओमकालिका होमियोप्याथिक अस्पताल प्रालिको सहयोगमा औषधि निःशुल्क वितरण गर्न सुरु गरिएको महासङ्घका महासचिव कपिल ज्ञवालीले जानकारी दिए ।

ज्ञवालीका अनुसार शनिबार अस्पतालका सञ्चालक माधव थापाले महासङ्घका अध्यक्ष भुवन कार्कीलाई औषधि हस्तान्तरण गरे । महासङ्घले इच्छुक क्रियाशील पत्रकारहरूलाई यस्तो औषधि वितरण गर्नेछ ।