संविधान संशोधनको खुशीयालीमा तनहुँमा दिपप्रज्वलन

वि वि श्रेष्ठ/दमौली, तनहुँ/नेपालको संविधान २०७२ को दोश्रो संशोधनको खुशीयालीमा तनहुँको सदरमुकाम दमौली वजारमा दिपप्रज्वलन गरिएको छ । नेपालको संविधान २०७२ को अनुसुचि ३ म रहेको निसान छाप परिवर्तन गर्ने कार्यक्रम संसदवाट सर्वसम्मत पारित भएको खुशीयालीमा नेपाल नक्सा अंकित दिपप्रज्वलन गरिएको हो । नेपाल कम्युनिष्ट पार्टी नेकपा व्यास नगर कमिटीको आयोजनामा भएको उक्त कार्यक्रम संसदवाट लिपुलेक–कालापानी र लिम्पियाधुरा सहितको नयाँ नेपालको नक्सा जारी भएको उपलक्ष्यमा दिपप्रज्वलन गरिएको नगर कमिटीका अध्यक्ष श्रीराम कार्कीले वताउनुभयो ।
कार्यक्रमको प्रमुख अतिथी नेकपा केन्द्रिय सदस्य पि एल श्रेष्ठले लिपुलेक–कालापानी र लिम्पियाधुरा नेपालको नै भएको दावी गर्दे तथ्य र प्रमाणले समेत पुष्टि गरेको दावी गर्नुभयो । यो नेपालको नै भुभाग हो, तर भारतको हेपाहा प्रवृत्तिले गर्दा नेपालले यो अवस्था भोग्नु परेको वताउनुभयो । नेपाल सधै भारतको मित्र हो तर भारतले कहिल्यै पनि नेपाललाई मित्रवत व्यवहार गरेन, यो अवस्था अव नेपाल र नेपालीलाई स्वीकार्य हुदैन । समानताको आधारमा मित्रवत व्यवहार नै अवको आवश्यकता हो । भारतले २०५३ सालमा भएको महाकाली सन्धी विपरित गएर काम गरयो । अव यो सह्य हुदैन ।
यसैगरि अर्का केन्द्रिय सदस्य एकवहादुर रानाले नेपालले सहनुको अर्थ नेपाल कमजोर छ भन्ने सोच्नु भारतको कमजोरी भएको वताए । राष्ट्रिय सवालमा नेपालको राजनैतिक दलहरु एकठाँउमा छ भन्ने संविधान ससोधनमा देखिएको अभुतपुर्व एकताले नै सन्देश दिएको छ । हामीलाई हाम्रो भुमि चाहिन्छ, यसका लागी हामी पुन वैचारिक वहस गर्न तैयार छौ, नेकपा तनहुँका जिल्ला सचिव राजेन्द्र केशरी न्यौपानेले भने । भारतले ईपीजी प्रतिवेदन समेत नवुझेर दादागिरी देखाएको छ। सिमानामा भएको विवाद समाधान का लागी गठित समितीले दिएको प्रतिवदेन नवुझेर भारतले हेपाहा प्रवृत्ति फेरि पनि प्रकट गरेको छ । यो नेपालीका लागी सह्य हुन सक्दैन, जिल्ला सचिव न्यौपानेले भने ।
यसैगरि कार्यक्रमका अध्यक्ष एवं व्यास नगर कमिटीका अध्यक्ष श्रीराम कार्कीले नेपाल र नेपालीलाई कमजोर सोच्नु भारतको हितमा नहुने वताए । विश्वमा यति धेरै कोरोनाले आक्रान्त पारिरहेको अवस्थामा भारतले नेपालको भुभाग अधिग्रहण गर्नु भनेको कमजोर मानसिकता शिवाय केहि होईन, भुगोलमा सानो ठुलो भएता पनि भौगोलिक अखण्डता, स्वतन्त्रता र सार्वभौमसत्तामा नेपाल र भारत समान छ, त्यसैले विस्तारवादी प्रवृत्ति तत्काल वन्द गरियोस, देशको अस्तित्व रक्षामा नेपालका राजनैतिक दल, जनताहरु एकतावद्ध छ र रहनेछ जुन कुरा संविधान संशोधनमा पनि देखियो, यो वा त्यो वहानाा नेपालमाथी खेल्ने दुस्साहस नदेख्न म भारतलाई आग्रह गर्न चाहन्छु, अध्यक्ष कार्कीले भने ।
तनहुँको सदरमुकाम दमौली वजारको मुख्य चोकमा गरिएको दीप प्रज्वलन कार्यक्रममा अनेमसंघ तनहुँको अध्यक्ष मनमाया श्रेष्ठ, आदिवासी जनजाति महासंघ तनहुँको अध्यक्ष वसुन्धरा घर्ति, युवासंघ नेपाल तनहुँको अध्यक्ष ईश्वर वस्याल, अनेरास्वियु तनहुँका अध्यक्ष डम्वर विक, मुश्लिम संगठन नेपालका केन्द्रिय सचिवालय सदस्य नुर महमद मिया, नेकपा व्यास वडा नं ४ का वडाध्यक्ष तुलसी पाण्डे लगायतको नेताहरुको उपस्थिती रहेको थियो । कार्यक्रम नेकपा व्यास नगर कमिटीका सचिव रामचन्द्र सापकोटाले संचालन गर्नुभएको थियो ।