स्वास्थ्यकर्मीद्धारा क्वारेन्टाईनमा स्वास्थ्य समाग्री वितरण

वि.वि श्रेष्ठ,निर्मलनगर, तनहुँ
व्यास नगरपालिका वडा नं १ स्थित निर्मल माध्यामिक विद्यालयको कोभिड १९ का लागी वनाईएको क्वारेन्टाईनमा पतेनी आधारभुत स्वास्थ्यकेन्द्रका प्रमुख शैलेश हड्खले, ऋषिङ्ग गापा वडा नं २ अन्र्तत ग्लासलुङ्ग सामुदायिक स्वास्थ्य ईकाईका प्रमुख मदन थापा, शुक्लागण्डकी नपा २ अन्र्तगत थान थोक स्वास्थ्य सेवा केन्द्रका प्रमुख ममता थापा मगर द्धारा आफु अध्ययन गरेको कलेजको क्वारेनटाईनमा स्वास्थ्य समाग्री वितरण गरेका छन् ।
स्वास्थ्यकर्मीको टोलीले आफु अध्ययनरत विद्यालयलाई हाल स्थानिय सरकारले कोरोनाको क्वारेन्टाईन स्थल वनाएकोले त्यहाँ उपचाररत व्यक्तिहरुको स्वास्थ्यलाई ख्याल राखी आफुहरुले १५० पिस मास्क, १ वोटल स्यानिटाईजर र अन्य स्वास्थ्य समाग्री वितरण गरेको पतेनी आधारभुत स्वास्थ्यकेन्द्रका प्रमुख शैलेश हड्खलेले जानकारी दिनुभयो । कोरोनाले विश्वलाई नै आक्रान्त पारिरहेको सन्दर्भमा आफुहरु पनि स्वास्थ्यकर्मी भएको हुनाले क्वारेन्टाईनमा रहेका हरुलाई सकेको सहयोग गर्नु कर्तव्य सम्झी सहयोग गरेको वताउनुभयो ।
यो वेलामा सवैले कोरोना विरुद्धको लडाईमा एकजुट भएर लड्नुपर्ने वेलामा आफुहरुले सक्दो सहयोग गरेको ग्लासलुङ्ग सामुदायिक स्वास्थ्य ईकाईका प्रमुख मदन थापाले वताउनुभयो । यो वेलामा सवैको सकारात्मक सोच र भावनात्मक एकताले नै जीत सम्भव हुने भएकोले यसको रोकथामका लागी जनतानै जागरुक भएर लाग्नुपर्ने शुक्लागण्डकी नपा २ अन्र्तगत थान थोक स्वास्थ्य सेवा केन्द्रका प्रमुख ममता थापा मगरले वताउनुभयो ।
स्वास्थ्य समाग्री वुझदै निर्मल माविका प्रधानाध्यापक गणेशचन्द्र वस्नेतले आफु अध्ययनरत स्वास्थ्यकर्मी विद्यार्थीहरुले विद्यालयमा भएको क्वारेन्टाईमा स्वास्थ्य समाग्री वितरणले आफुलाई गौरावान्वित भएको वताए । सहयोग आफैमा सानो ठुलो हुदैन, जिम्मेवारीता र दायित्व वोध नै सवैभन्दा ठुलो पक्ष हो । विद्यालयमा अध्ययन गरेको विद्यार्थीहरुले गरेको सहयोगले खुशी तुल्याएको छ । यो समाग्रीले क्वारेन्टाईन स्थललाई धेरै सहयोग पुग्दछ, सवैको सानो सानो सहयोगले नै हामीले व्यवस्थापन गर्ने हो, प्रधानध्यापक वस्नेतले भन्नुभयो ।