भरतपुरमा वडाध्यक्षहरुको न्याय: बालिका बलात्कार प्रयासको घटनालाई सामसुम पारियो, प्रहरी मौन किन ?

सुर्य बराल, चितवन जेष्ठ ३१ गते ।
चितवनको भरतपुर महानगरपालिका अन्र्तगतको एउटा वडामा वडाध्यक्षहरुकै नेतृत्वमा बालिका बलात्कार प्रयासको गम्भिर घटनालाई सामसुम परिएको छ । भरतपुर २० चनौली बजारमा गत् जेष्ठ २० घटेको बालिका जबरजस्ती करणी प्रयासको उक्त घटनामा सम्लग्न ति ब्यक्तीलाई राजनितीक पहँुचकै आधारमा कानुनी कार्बाहीको निम्ती नजिकै रहेको प्रहरी चौंकीमा बुझाउन पहल गर्नुपर्ने वडाध्यक्षहरु नैं आफैं न्यायधिश बनि पिडीत परिवारलाई मानसिक दबाब दिनुका साथै केही रुपयाँको प्रलोभनमा पारी २ दिनपछी २२ गते घटनालाई सामसुम पारिएको हो ।
चनौली बजारबाट १०० मिटर दुरीमा घर भएकी भरतपुर १८ की ति बालिकालाई छिमेककै एक जना प्रौंढ पुरुषले जबरजस्ती करणी प्रयास गरेको भन्दै केही स्थानियले उनलाई एक घरमा थुनेर २० नंं.वडाका वडाध्यक्ष मणिलाल तामागंलाई फोन गरी बोलाएका थिए । वडाध्यक्ष तामाङ्गसँगै १८ नंं.का वडाध्यक्ष दिपक लामा आई उक्त घटनामा मुछिएका ति पुरुषलाई छुटाई गाँउको कुरा बाहिर जान दिन नहुने भन्दै गाँउमै मिलाउनुपर्ने बताएर बालिका जर्बजस्ती प्रयास जस्तो गम्भीर आपराधीक कार्यलाई गुपचुपमै मिलाएको श्रोतको दाबी छ ।
श्रोतका अनुसार नजिकै रहेको ईलाका प्रहरी कार्यालयले बालिका बलात्कार प्रयासको घटना राजनितीक दबाब र लेनदेनमा मिलाउदै गरेको थाहा पाएर पनि प्रहरी वडाध्यक्षको दबदबाको अगाडी मुकर्दशक बनेका हुन् । भण्डाफोर अभियानलाई श्रोतले दिएको जानकारी अनुसार गत् जेष्ठ २० गते बिहान ८ बजे छिमेकीको घरमा जाँदा ति बालिका माथी गृद्धे नजर लगाई ति पुरुषले जर्बजस्ती करणी प्रयास गरेका थिए ।
तर बालिकाले प्रतिरोध गरी हल्ला खल्ला गरेपछी सो घटना वरीपरिका टोलछिमेकले थाहा पाएका थिए । घटना घटेको दुईदिनसम्म पिडीत पक्षलाई मानसिक दबाब दिदै बालिकाका बाबु आमालाई छरछिमेकमा बसेपछी यो कुरा यहि मिलाउनुपर्छ भन्दै पिडकसँग मिलापत्र गराइएको र पिडकबाट केही रुपयाँ असुलिए पनि पिडीतलाई भने पुरै रकम नदिई घटना मिलाउनेहरुले केही रकम लिएको श्रोतको आशंका छ ।
यसैबिच, ईलाका प्रहरी कार्यालयका प्रहरी साहायक निरिक्षक पदम बस्ताकोटीसँग यस बिषयमा बुझ्दा उनले बलात्कार प्रयासको घटना मिलापत्र भएको एक हप्तापछी आफुले सो कुरा थाहा पाएपनि कोही कसैले मौखिक या लिखित उजुरी नगरेका कारण प्रहरी चुप बसेको प्रतिक्रिया दिए । यता, वडा नं. २० का वडाध्यक्ष मणिक तामाङ्गले घटना मिलाईसकेपछी बजार ब्यबस्थापन समितीका अध्यक्षले आफुलाई बोलाएर गएको तर बलात्कार प्रयास गर्नेलाई माफी मगाई उनीहरु आफै आफै मिलीसकेकोले आफु केही नबोली फर्किएको बताए ।
तामाङ्गका अनुसार बजार ब्यबस्थापन,स्थानीय टोलहरु सहित २० नं.का वडाध्यक्षले पहिल्यै कुरा मिलाई सकेर जानु भएको रहेछ, हामी सबै मिलेउ भनेर मलाई सबैले भने अनि त्यसो भए ठिक छ भनेर आफु फर्किएको जानकारी दिए । त्यस्तै, १८ नं.को वडाध्यक्ष दिपक लामासँग यस बिषयमा बुझ्दा उनले पिडकलाई कालोमोसो लगाउने भनि १०० भन्दा बढी स्थानिय जम्मा भएका थिए पछी हात जोडेर माफी मागेपछी पिडीत पक्षले माफी दिएको भन्दै लामाले स्थानियले मिलाएको कुरामा आफुहरुले समर्थन गरेको बताए ।
यसैबिच, यस बिषयमा बालिका बलात्कार प्रयास जस्तो जघन्य अपराधको घटनालाई स्थानिय स्तरमा मिलाउन नपाईने र कसैको उजुरी नपरेपनि प्रहरीले थाहा पाएपछी अनुसन्धान गर्न सक्ने साथै सरकारबादी मुद्धा बन्ने भन्दै यस्तो घटना सामसुम हुनु दुःखद भएको महिला नेतृ एवं अधिकारकर्मी संगीता भटट्राईले बताईन् । यो घटनालाई सामसुम बनाउन किन वडाध्यक्षहरु नै लागीपरे ? घटना थाहा पाएर पनि नजिकैको प्रहरी किन मुकर्दशक रह्यो यावत सवालहरु आशंकाको रुपमा देखा परेका छन्, जसबारे हामी खोजी जारी राख्ने नैं छौं ।