लक्षण नदेखिएका कोरोना संक्रमितले अर्को व्यक्तिलाई रोग सार्ने संभावना कम हुने डब्ल्युएचओको दाबी

एजेन्सी/कोरोनाको संक्रमण फैलाउन लक्षण नदेखिएका बिरामीको भूमिका न्युनमात्रै रहेको विश्व स्वास्थ संगठन ९डब्ल्युएचओ० का अधिकारीले सोमबार जनाएका छन् ।

यसअघि केही अनुसन्धानकर्ताहरुले लक्षण नदेखिएका बिरामीकै कारण यस भाइरसको संक्रमण नियन्त्रण गर्न कठिन हुनसक्ने चिन्ता व्यक्त गरेका थिए ।

कोरोना भाइरसबाट संक्रमित भएका युवा, स्वस्थ व्यक्तिलगायत केहीमा कहिल्यै लक्षण देखिदंैन वा हल्का लक्षणमात्रै देखिन्छ । कतिपयमा भने संक्रमित भएका धेरै दिनसम्म लक्षण नदेखिने र त्यसपछि देखिने पनि हुनसक्छ ।

थ्भतष् म्ष्ष्कतष्ििभचथ
प्रारम्भिक दृष्टान्तहरुले कुनै लक्षण नदेखिए पनि संक्रमित मानिसबाट अर्को मानिसमा भाइरस फैलनसक्छ भन्ने देखाएका थिए । अहिले डब्ल्युएचओका अधिकारीहरुले लक्षण नदेखिएका बिरामीबाट भाइरस सर्नसक्ने भएपनि उनीहरु संक्रमण फैलाउने मुख्य कारक नरहेको जनाएका छन् ।

‘हामीसँग भएको तथ्यअनुसार लक्षण नदेखिएको व्यक्तिले दोस्रो व्यक्तिलाई दुर्लभैमात्र कोरोना सार्नसक्ने देखिन्छ,’ डब्ल्युएचओको इमर्जिङ डिजिजेज एन्ड जुनोसिस युनिटकी प्रमुख डाक्टर मारिया भान केर्खोभले सोमबार संयुक्त राष्ट्रसंघको जेनेभास्थित मुख्यालयतमा आयोजित पत्रकार सम्मेलनमा भनिन्, ‘यो अत्यन्तै दुर्लभ छ ।’

सरकारले संक्रमित भएर लक्षण समेत देखिएका व्यक्तिहरुको पहिचान गर्ने र उनीहरुलाई आइशोलेट गर्ने तथा उनीहरुसँग सम्पर्कमा आएकाहरुको पहिचान गर्नेमा ध्यान केन्द्रीत गर्नुपर्ने भान केर्खोभले बताइन् ।

केही अध्ययनहरुले नर्सिङहोम र घरमा लक्षण नदेखिएका वा लक्षण देखिन बाँकी रहेका व्यक्तिहरुमार्फत संक्रमण फैलिएको संकेत गरेको विषय उनले स्विकारिन् । लक्षण नभएका व्यक्तिमार्फत कोरोना भाइरस फैलन्छ भन्ने विषयको साँचो जवाफ पत्ता लगाउन थप अध्ययन र तथ्याङ्क जरुरी पर्ने उनले बताइन् ।

‘अति बिस्तृतमा कन्ट्याक्ट ट्रेसिङ गरिरहेका देशको धेरै रिपोर्ट हामीसँग छ,’ उनले भनिन्,‘उनीहरुले लक्षण नभएका व्यक्तिसँग सम्पर्कमा आउनेलाई पछ्याएका छन् र उनीहरुले यसैबाट मुख्य रुपमा संक्रमण फैलिएको भेटेका छैनन् । यो निकै कम छ ।’

उनले विभिन्न देशका सरकारहरुले लक्षण देखिएका बिरामीमा आफ्नो ध्यान केन्द्रीत गर्नुपर्ने बताइन् । ‘हामी के चाहन्छौं भने लक्षण देखिएका संक्रमितमा ध्यान केन्द्रीत होस्’ केर्खोभले भनिन्,‘यदी हामीले लक्षण देखिएका सबै संक्रमितलाई निगरानी ग¥यो, उनीहरुलाई आइशोलेसनमा राख्यौं, उनीहरुसँग सम्पर्कमा आएकाहरुलाई क्वारेन्टाइनमा राख्यौं भने महामारीलाई नाटकीय रुपमा हटाउन सकिन्छ ।’ उनले भनिन् ।

ज्वरो, सुख्खा खोकी, थकानलाई धेरैमा देखिने कोरोनाको सामान्य लक्षण मानिएको छ भने स्वासप्रश्वासमा समस्या, छातिमा दुखाई वा दबाब, हिंड्न वा बोल्न नसक्नु आदीलाई गम्भीर लक्षण मानिन्छ । त्यस्तै, केही व्यक्तिमा टाउको दुख्ने, झाडापखाला, घाटी दुख्ने, जिउ दुख्ने, स्वाद लिन वा सुँघ्ने क्षमतामा ह्रास, छालामा खटिरा आदी लक्षण पनि देखिने गरेका छन् ।