प्रथम अनलाइन युरोपियन पुम्से च्याम्पियनसिपमा चितवनकी पार्वती गुरुङ सहित नेपालका ५ खेलाडी सहभागी हुँदै

बैशाख २३ /जर्मनीमा मे ४ देखि १० सम्म सुरु भैरहेको प्रथम अनलाइन डेडो खुल्ला युरोपियन पुम्से २०२० च्याम्पियनसिप प्रतियोगितामा चितवनकी पार्वती गुरुङ सहित ५ नेपालका खेलाडी सहभागी हुँदै छन ।
बिश्व जगतले निकै महत्त्वपूर्ण मानिरहेको उक्त प्रतियोगितामा विभिन्न ७२ देशका १,२५४ जना खेलाडीहरुले अनलाइनबाट सहभागिता जनाइरहेका छन ।
१३ औं साफ गेममा स्वर्ण पदक बिजेता चितवनकी पार्वती गुरुङले ३० बर्ष मुनि उमेर समूहबाट सहभागीता जनाउँदै छिन भने पुरुषतर्फ ३० बर्ष उमेर समुहबाट प्रेम बहादुर लिम्बू, कमल श्रेष्ठ, जितबहादुर बोटे र ५० बर्ष उमेर समुहमा लक्ष्मण बहादुर ऐरले सहभागीता जनाएका छन । जस अन्तर्गत बिश्वभरबाट महिला तर्फ ३० बर्ष उमेर समुहमा ११२ जना र पुरुषतर्फ १०७ जनाले सहभागीता जनाएका छन भने ५० बर्ष उमेर समुहमा ७२ जना सहभागी छन ।
कोभिड १९ को विषम परिस्थिमा अनलाइनबाट सहभागीता जनाउने सबै नेपाली खेलाडिहरुले एक आपसमा सामाजिक दुरी कायम गरि बिहान र बेलुका गरि दैनिक ४ घण्टा प्रशिक्षण गर्दै आइरहेका छन् ।
उक्त प्रतियोगीतामा सहभागी हुने सबै खेलाडिहरुले आफ्नै ट्रेनिङ हलमा तयार पारेको भिडियोलाई अनलाइनमा राखी सकेपछि भिडियोमा आउने लाइक, कमेण्ट र सेयर गरिएको आधारमा बिजेता छनौट गरिने भएकाले नेपाली खेलाडिहरुको हौसला प्रदान गरीदिन खेलाडिहरुले तयार पारेको भिडियोलाई युट्युबमा गएर भिडियो हेरिदिनु पर्ने हुन्छ ।
सबै नेपाली खेलाडिहरु उत्तिकै दक्ष भए पनि १३ औं साफ गेमकी स्वर्ण पदक बिजेता पार्वती गुरुङलाई भने आशाको केन्द्र विन्दुमा राखिएको प्रशिक्षक रमेश कार्कीले बताएका छन्।
खेल र खेलाडीकै कारण पटक पटक यो देशको शिर उंचो भएकाले यसपटक पनि नेपाली खेलाडीहरुले उक्त प्रतियोगिताको माध्यमबाट नेपाल र नेपालीको सान बढाउनेमा आंफूहरु विश्वस्त रहेको कार्कीले बताए।
उनले सम्पूर्ण नेपालीहरुलाई नेपाली खेलाडीको हौसला प्रदान गरीदिन युट्युबमा गएर खेलाडीहरुको भिडियोमा लाइक कमेण्ट र सेयर गरीदिन आग्रह समेत गरेका छन ।