विद्रोही नेकपाका केन्द्रीय नेता शर्मा अस्पतालबाटै पक्राउ

  • २३ वैशाख/चितवन/नेत्र विक्रम चन्द विप्लव नेतृत्वको विद्रोही नेकपाका नेता अनिल शर्मा विरही आज भरतपूरको एक अस्पतालबाटै पक्राउ परेका छन् ।

चितवनको झुवानी घर भएका नेता शर्मा गएराति आफ्नै घरको भयाङबाट लडेपछि परिवारका सदस्यहरुले पुरानो मेडिकल कलेजमा पुर्‍‍याएका थिए ।

अस्पतालमा पुगेको सूचना पाएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनी अहिले पनि प्रहरी नियन्त्रणमा अस्पतालमै रहेका छन् ।