ओलीको चाल नबुझ्दा बामदेवको कारण नेकपा थप बदनाम बन्ने संकेत

काठमाडौँ /सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक किचलो र बिवाद साम्य हुनुको साटो झन मौलाउदैं जाने संकेत देखिएको छ । पार्टी एकताको क्रममा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भद्र सहमति गरी दुबै पार्टी मिली चुनाबबाट झण्डै दुईतिहाईको नजिक मत प्राप्त नेकपाले आन्तरिक द्धन्द ब्यबस्थापन गर्न नसक्दा पार्टी भित्रको किचलो र खटपटले पार्टी कार्यकर्ताहरु बिभाजित मानसिक्तामा पुग्नुको साथै शुभचिन्तकहरु निकै चिन्ता बढेको पाईएको छ ।

पछिल्लो समय नेकपामा बढेको विवादसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले एकाएक बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरे । सचिवालय बैठकमा आफु अल्पमतमा परेपछी राजतिीका चतुर खेलाडी ओलीले बामदेवको नामलाई तुरुपको रुपमा फ्याकेका हुन्, यद्यपि यसबारे ठोस निर्णय भने भइसकेको छैन । सम्भवतः गौतम बारेको निर्णय वैशाख २० गते बस्ने नेकपाको सचिवालय बैठकले गर्न सक्छ या नगर्न पनि सक्छ ।पार्टीमा स्वच्छाचारी बन्दै गएको भन्दै अध्यादेश प्रकरणपछि प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टीभित्रैबाट राजीनामा मागिएका बेला गत् बुधबार बसेको नेकपा सचिवालय बैठकमा उनै प्रधानमन्त्री ओलीले आफूले राजीनामा दिएर गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेपछि नेपाली राजनीतिमा गौतमको नामको बिषयमा जनस्तरबाटै पक्ष बिपक्षमा बहसहरु शुरु भएका छन् । आम जनमानसमा बामदेव प्रधानमन्त्री बन्ने कुराले लोकतन्त्र माथी नै प्रश्न उठेका भन्दै गौतम, ओली र सिंगो नेकपाको बिरोध समेत भईरहेको छ ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबाट अचानक प्रधानमन्त्रीको प्रस्ताव आएपछि उत्साहित भएका नेकपा उपाध्यक्ष बामदेव गौतमले आफू संसदमा जाने प्रक्रियाबारे आफु निकट कानुन ब्यबसायीहरुसँग कानूनी तथा राजनीतिक परामर्श थालेका छन् । गौतमले सकेसम्म उपचुनाव लडेर जाने प्रक्रिया भन्दा संविधान संशोधनका प्रक्रियामै जोड दिएको उनी एक अधिवक्ताले बताए । राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन गर्नेमै गौतमको जोड छ ।

उनले भने, गौतमले परामर्श लिइरहनुभएको छ, तर संविधान संशोधन उहाँले सोचे जस्तो सजिलो छैन । पहिलो कुरा त नेकपाको दुई तिहाई बहुमत छैन र गौतमका लागि दुईतिहाई पुर्‍याउन अन्य पार्टीले सहमति जनाउने पनि देखिन्न । फेरि यो भनेको अलोकप्रिय कुरा पनि हो । गौतम भने एक कदम अघि बढेर प्रतिनिधिसभामा दुई तिहाई बहुमत नभएको अवस्थामा राष्ट्रियसभामै संविधान संशोधन बिधेयक लगेर भने पनि दुई तिहाई बहुमतले पारित गर्नेसम्मको छलफलमा छन् । ५९ सदस्यीय राष्ट्रियसभामा नेकपाका ४९ सांसद छन् । त्यो भनेको दुई तिहाइभन्दा माथि हो ।

संविधानको धारा २७४ मा संविधान संशोधन सम्बन्धी व्यवस्था छ । जसमा संविधानका अपरिवर्तनीय बाहेक अन्य धारा संशोधन वा खारेज गर्ने विधेयक संघीय संसदको कुनै पनि सदनमा पेश गर्न सकिनेछ भनिएको छ । सोही धाराको उपधारा ३ मा पेश भएको बिधेयक सम्बन्धित सदनमा प्रस्तुत भएको तीस दिनभित्र सर्वसाधारण जनताको जानकारीका लागि सार्वजनिक रुपमा प्रकाशन गर्नुपर्ने भन्एिको छ । गौतमले संविधानको यही व्यवस्था समातेर आफ्नो लागि संविधान संशोधन गर्न सकिन्छ कि भनेर छलफल गरिरहेका छन् ।

सरकारले त्यस्तो बिधेयक राष्ट्रियसभामा दर्ता गरेर पारित भए पनि प्रतिनिधिसभामा पेश गर्नैपर्छ । प्रतिनिधिसभाको पनि दुई तिहाई बहुमतले पारित हुनुपर्छ । गौतमले भने दुवै सदनको दुई तिहाई बहमुत नभनिएकाले राष्ट्रियसभा वा संयुक्त सदनबाट पारित गर्न सकिन्छ कि भन्ने परामर्श समेत लिएका छन् । नेकपा निकट एक नेताले भने–केपी ओलीले चालबाजीमात्र गरेका हुन तर बामदेव त्यहि ललीपपमा अल्झिएर आफु मात्र होईन पार्टीकै साख गिराउन लागी पर्ने अवस्था आएको भन्दै गौतम सचेत नबनेमा  आगामी चुनावमा समेत असुरक्षित हुनेछन् । जनताले फेरी बहिस्किृत गर्ने अवस्था आउन सक्छ ।

उनले गौतमकै कारण पार्टी थप बदनाम हुने आरोप लगाए । गौतम संविधान संशोधनको बाटो जान नमिलेको खण्डमा मात्र उपचुनाव लड्ने सोचमा छन् । स्मरण रहोस विधान संशोधन कार्यदल समेत गठन भएर जनस्तरबाट विरोधपछि नेकपा पछि हटेको थियो । पार्टी सचिवालय निकट स्रोतले भन्यो, गौतमलाई कोरोना महामारीपछि कुनै निर्वाचन क्षेत्र खाली गरेर उपचुनाव लडाउने प्रधानमन्त्रीले ललिपप दिएको र गौतम त्यसैको आधारमा हौसिएको बताईएको छ । गौतमका लागि आफूले राजीनामा दिन तयार रहेको कास्की १ का नेकपा सांसद खगराज अधिकारीले यस अघि नै बताइसकेका छन् ।

संविधान संशोधन गर्नेतर्फ भने नेकपा नजाने यसअघि नै नेताहरुले बताएका छन् । गौतमले अध्यादेशबाट संविधान संशोधन गर्न सकिन्छ कि भन्ने सम्मको छलफल चलाइरहेको उनी निकटवर्तीहरु बताउछन् । सत्ता हत्याउने र टिकाउने नेकपाका नेताहरुको दाउपेचले नेकपा जनमानसमा थप बदनाम बन्ने हो की भन्ने आम शंसय बढेर गएको जानकारहरु बताउछन् ।