नेपालमा थप दुई जनामा कोरोनाभाइरसको संक्रमण : संक्रमितको संख्या ५९ पुग्यो

काठमाडौँ /नेपालमा थप दुई जनामा कोरोनाभाइरस ९कोभिड–१९० को संक्रमण देखिएको छ । शुक्रबार रुपन्देही निवासी २५ वर्षीय पुरुष र बाँकेको नेपालगञ्ज निवासी ६० वर्षीय पुरुषमा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार र्दुईजनामा कोराना पुष्टि भएसँगै नेपालमा ५९ जना कोरना सक्रंमित पुगेको छ । मन्त्रालयका सह प्रवक्ता डा। समीरकुमार अधिकारीका अनुसार सक्रंमित दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।