कोरोनाभाइरसः संक्रमितको संख्या २५ लाख नाघ्यो, मृत्यु सख्या एक लाख ७७ हजार बढी

कोरोनाभाइरसले हालसम्म बिश्वभर एक लाख ७७६८८ जनाको मृत्यु भईसकेको छ । यो रोगको संक्रमितको संख्या २५ लाख ५७ हजार९९३ पुगेको छ । त्यस्तै कोरोनाभाइरसका ६ लाख ९० हजार बढी संक्रमित बिरामी निको पनि भईसकेका छन् ।

बिश्वमा सबैभन्दा बढी यो रागबाट अमेरिका ग्रसित बनेको छ । अमेरिकामा मात्र मृत्यु हुनेको संख्या ४५ हजारको नजिक पुगिसेको छ। आठ लाख बढी अमेरिकी कोराना भाईरसबाट संक्रमित छन् । त्यस्तै, इटलीमा मृत्यु हुनेको संख्या साढे २४ हजार नाघेको छ । यहाँ कूल १ लाख ८३ हजार बढी संक्रमित रहेका छन् । स्पेन र फ्रान्समा मृत्यु हुनेको संख्या २० हजार पारगरिसकेको छ । भारतमा संक्रमितको संख्या लगभग २० हजार पुगेको छ भने मृत्यु हुनेको संख्या ६४५ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी प्रशासनले ६० दिनका लागि ग्रीनकार्ड जारी नगर्ने बताएका छन् । यसमा केही छुट दिइने बताइए पनि यसबारे केही स्पष्ट जानकारी उपलब्ध छैन ।अक्सफोर्ड युनिभर्सिटीका अनुसन्धानकर्ताले भोलि ९बिहिबार० देखि कोरोना भ्याक्सिनको परीक्षण मानिसमा सुरु गर्नेछन् ।

कोरोना भाइरसले अत्यधिक प्रभावित गरेको देश इटीमा लगातार दोस्रो दिन कोरोनाभाइरसका नयाँ संक्रमितको संख्यामा कमी देखिएको छ । इटलीका प्रधानमन्त्री जिजेज्पी कोन्टेले ४ मेदेखि लकडाउन केही खुकुलो गरिने घोषणा गरेका छन् ।अस्ट्रियाका चान्सलर सेबास्टियन कुर्जले १५ मेदेखि बार र रेष्टुरेन्ट खोल्न दिइने बताएका छन् । यतिबेला कर्मचारीले मास्क लगाउनुपर्ने र आगन्तुकको संख्याबारे पनि नियम बनाइने उनले जानकारी दिए । फ्रान्समा लगातार १३ औं दिन कोरोनाभाइरसका नयाँ संक्रमितको संख्यामा कमी देखिएको छ । पछिल्लो २४ घण्टामा यहाँ संक्रमितको संख्या ५ हजार ६ सय ८३ बाट घटेर ५ हजार ४ सय ३३ पुगेको छ । यद्यपि, यहाँ संक्रमणका कारण ज्यान गुमाउनेको संख्या लगातार बढिरहेको छ ।

साउदी अरब प्रशासनले लकडाउन खुकुलो पार्नेबारे विचार गरिरहेका छन् । रमजानका कारण प्रशासनले मानिसहरुलाई अत्यावश्यक सामान खरिद गर्नका लागि केही छुट दिनेबारे विचार गरिरहेका छन् । सोमबार राती साउदी प्रशासनले रमजानलाई मध्यनजर गर्दै पवित्र स्थल मक्का र मदिनामा नमाजका लागि राहत दिने घोषणा गरेको छ । विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरस चीनको प्रयोगशालामा पैदा भएको भन्ने दाबीलाई खारेज गरेको छ ।