समाजिक सञ्जाल : कति सदुपयोग, कति दुरुपयोग ?

समाजिक सञ्जालमा भविश्व खोज्नेहरु र प्रचारमुखी जीवनयापन गर्नेहरु अहिले विश्वको हरेक देशमा वेग्रल्ती पाउन सकिन्छ । प्रविधिको उपयोग वर्तमान समयमा अपरिहार्यता भए पनि यसको उपयोगको सीमा पत्ता लगाउन नसक्दा समाजिक सञ्जालले नै जीवन वर्वाद गर्नेहरुको सुची लामो पाउन सकिन्छ । यसको उपयोग सँगै यसको प्रयोग सान्र्दभिक हुन सकेन भने भविश्यमा समाजिक सञ्जालले आम जीवनमा पार्ने प्रभावको लेखाजोखा आम जनताले कमै गर्न सक्लान ।

अल्पज्ञान हानिकारक हुन्छ । यसै भन्दैमा कोही पनि पुर्ण ज्ञान हुदैन । सवैमा समान चेतना र क्षमता पनि हुदैन । यसै भन्दै गर्दा जीवनको सार तत्व के हो भन्ने भुल्न हुदैन । यहि जीवनको सार तत्व भित्र विश्व समुदाय क्रियाशिल हुने हो । प्रविधिका उचित प्रयोगले मानव जातिलाई सहज जीवन यापनका लागी सिमित भुमिका मात्र खेल्ने हो, अरु त व्यक्तिको क्रियाशिलतामा नै निर्भर गर्दछ । जुन कुरा हामी भुलिरहेका छौ । प्रविधिको उपयोगका नाममा हामीले जीवनका सार तत्व त भुलिरहेका त छैनौ, एकपटक गम्भिर भएर सोच्ने कि ?  

समाजिक सञ्जाल भन्नेवित्तिकै फेसवुक, टवीटर, ईन्स्ट्टाग्राम लगायतका सञ्जाल हरु अहिले चर्चामा रहेका छन् । समाजिक सञ्जाल कुनै न कुनै माध्यामवाट उपयोग गर्नेहरुले ईन्टरनेटको माध्यामवाट उपयोग गर्ने साधन हरु नै उल्लेखित हुन् । सुचनाको भरपर्दो माध्याम हुने साईटहरुको सहि सदुपयोग हुन नसक्दा यसले पार्ने नकारात्मक प्रभाव विस्तारै देखिन थालेको छ । यहि रवैया रहने हो र यसको सहि सदुपयोग नहुने हो भने भविश्वमा निश्चिय नै यसले नकारात्मक प्रभाव पार्ने निश्चित छ । नेपालको समाजिक सञ्जालको उपयोगको सन्र्दमा नजिकवाट नियाल्ने हो भने यसको प्रभाव हरेक तह र तप्कामा परेको देखिन्छ । देशको नै सवैभन्दा ठुलो पार्टीको वैचारिक धरातल त्यस पार्टीको नेताको विचारले नै चलको महशुश लामो समयसम्म मस्तिष्कमा गडिरहयो । जुन वेलासम्म समाजिक सञ्जालको प्रभाव धेरै थिएन । विचारहरु पत्रिकामार्फत, भाषणवाट सम्प्रेषण हुन्थ्यो, त्यहि विचारलाई आत्मासात गरेर जीवन परिवर्तनको दिशामा होम्न उद्यत थियो । लाग्दथ्यो भगवान जस्तै । जव समाजिक सञ्जालको प्रयोग हुन थाल्यो, तव त्यस नेताप्रतिको विश्वास नै टुटेर गयो । व्यक्ति महान हुनका लागी विचार सँगै गर्ने क्रियाकलाप नै मुख्य प्रधान हुने रहेछ । प्रविधिको उपयोग र व्यक्तिगत विचारको नाममा प्रकट गरिने विचारले आम व्यक्तिमा कस्तो प्रभाव हुन सक्दछ भन्ने समान्य ज्ञान समेत नभएकाहरुवाट समाज र देश परिवर्तनका लागी पछाडी लाग्न सकिन्न भन्ने कुरा प्रमाणित हुन पुग्यो । समाजिक सञ्जालमा व्यक्त गर्ने शैली, विचार र पद्धतिले आम जनतामा पर्ने असर न उसको भौतिकवाद, न अध्यात्मवाद, न समाजवाद नै छुट्टाउन सक्यो ।
सस्तो लोकप्रियता र खोक्रो आडम्वरमा वाँच्नेहरुका लागी समाजिक सञ्जाल सवैभन्दा प्रिय वनेको छ । यसको प्रयोग सँगै आम व्यक्तिको धरातल कस्तो छ भन्ने वुझन हो भने यो घातक रोग वन्न सक्दछ । आखिर के का लागी प्रयोग गरिरहेको छ त आम जनताले समाजिक सञ्जाल ? विषयवस्तुको गाम्र्यिता भन्दा पनि समाजिक सञ्जालमा चर्को लोकप्रियता हासिल गर्नका लागी कार्यक्रम गरिने पद्धतिको विकास भयो । कार्यक्रमको उद्येश्य भन्दा पनि सञ्जालमा पोष्ट गर्नका लागी मरिहत्ते गर्नेहरुको त्यो भीडले अहिले कुनै पनि विषयको निष्कर्ष फितलो हुन पुगेको छ । जे का लागी कार्यक्रम सम्पन्न गर्ने हो त्यो भन्दा नितान्त फरक ढंगमा कार्यक्रम पुगेपछि त्यसको दिने नतिजाले आम जनतामा के सन्देश देला ? त्यो सोच्ने क्षमता कसैमा पाउन सकिएन । लामो समयसम्म योगदान दिने र देश र समाजको परिवर्तनका खातिर जीवन व्यतित गरेकाहरुका समाजिक सञ्जालमा रोईलो देख्दा लाग्दछ, हामी भेडा हौ । जसको विचार र सिद्धान्त नै स्वखलित भईसकेको छ । कथित विद्धता नै यहि रवैयामा निरन्तर समाजिक सञ्जालमा प्रयोग भईरहेपछि आम जनता र सर्वसाधारणहरु त्यसैको निरन्तरतामा नै रमिरहेका छन् । जसलाई एक्काईसौ शताव्दीको लोकतन्त्रको सुन्दर उपमा दिएर कमजोरी लुकाउने भरमग्दुर असफल प्रयास गरिरहेका छन् । ईन्टरनेटको सहि सदुपयोग वाट वैचारिक, आर्थिक तथा भौतिक परिवर्तन गर्न व्यक्तिको चेतनास्तर, योग्यता, क्षमता र कार्यकुशलताको समान संगमले मात्र सकिन्छ भन्ने पनि वुझन जरुरी छ । जीवन आफैमा पनि त्यति सहज हुदैन, त्यति आम जनताले सोचेका हुन्छन्, प्रविधीको उपयोगको नाममा, लोकतन्त्रका नाममा जे जस्तो पनि समाजिक सञ्जालमा व्यक्त गर्दे जाने हो भने यसले आम जनताको जीवनस्तरमा नराम्रो असर पार्नेमा कुनै शंका छैन । जन्मेदेखि नै प्रविधी र लोकतन्त्रका नाममा ग्याजेट चलाउने र वच्चालाई खुशी पार्ने नाममा यसको गलत प्रयोगलाई वढवा दिने हो भने विश्वमा मानसिक रोगीको संख्या वढ्न लामो समय पर्खन पर्देन । त्यसपछिको देश र विश्व कस्तो होला, लोकतन्त्रका नाममा छाडातन्त्र मौलाउदै जाँदा देशका विद्धता हासिल गरेका कथित वुद्धिजिवीहरुले समयमा सोच्न आवश्यक वनिसकेको छ । विषयको गाम्भिर्यता व्यक्तिको क्षमतामा निर्भर रहन्छ, समाज कस्तो वन्ने भन्ने समाजमा रहने व्यक्तिहरुको चेतनास्तरमा निर्भर रहन्छ । प्रविधिको उपयोगका नाममा वच्चालाई फकाउनका लागी मोवाईल दिने शैली मानव जीवन वर्वादीको कारक वन्ने कुरामा कुनै शंका छैन ।
अल्पज्ञान हानिकारक हुन्छ । यसै भन्दैमा कोही पनि पुर्ण ज्ञान हुदैन । सवैमा समान चेतना र क्षमता पनि हुदैन । यसै भन्दै गर्दा जीवनको सार तत्व के हो भन्ने भुल्न हुदैन । यहि सार तत्व भित्र विश्व समुदाय क्रियाशिल हुने हो । आत्मासन्तुष्टिका नाममा क्षणिकताले जीवनको सार वुझन सकिदैन । जव व्यक्तिलाई जीवनका सारका वारेमा केहि ज्ञान पैदा हुन जान्छ, तव जीवन निरर्थक लाग्दछ, त्यसपछि समान्य जीवनमा फर्कन सकिदैन । यहि निरन्तरताका वीचमा हिडिरहेको मानव जाति जीवनको सार वुझन सकेन भने त्यसले भविश्यमा विकराल रुप लिनेछ ।
प्रविधीको उपयोग र स्वतन्त्रताको अंगिकार सँगै मानव जातिले आफनो धरातल कदापी विर्सन हुदैन । पदिय दायित्यका समेत हेक्का नराख्नेहरु समाजिक अभियान्ता र वौद्धिकताको लेपनमा लिप्त वनेको हाम्रो समाजमा धेरै भेटिन्छन् । व्यक्तिको व्यक्तिगत जीवन सँगै समाजिक र मानविय जीवन पनि जोडिएका हुन्छन् । जुन कुरा आम व्यक्तिलाई थाहा नहुन सक्दछ तर शिक्षित र वौद्धिक वर्गमा देखिएको चेतनाविहिन भुमिका र उनिहरुले समााजिक सञ्जालमा खेल्ने भुमिकाले समाजलाई झन दुषित तुल्याईदिएको छ ।
समाजिक सञ्जाल आफैमा जीवनको साधन मात्र हो, साध्य होईन, यो यथार्थ वुझन शिक्षित वर्ग र वौद्धिक वर्गले वुझन ढिला गर्नु हुदैन । यहि व्यक्तिहरुको जीवनशैलीमा नै समाज अगाडी वढेको हुन्छ । समाजिक सञ्जाल व्यक्तिगत हो भन्ने सोच नै कमजोर चेतनास्तरको मापन हो, चाहे त्यो विद्यता होस वा शिक्षित वर्ग । शिक्षित र वौद्धिक हुने वित्तिकै सवै क्रियाकलाप सहि हुन्छ भन्ने सोच नै गलत हो । प्रविधिका उचित प्रयोगले मानव जातिलाई सहज जीवन यापनका लागी सिमित भुमिका मात्र खेल्ने हो, अरु त व्यक्तिको क्रियाशिलतामा नै निर्भर गर्दछ । जुन कुरा हामी भुलिरहेका छौ । प्रविधिको उपयोगका नाममा हामीले जीवनका सार तत्व त भुलिरहेका त छैनौ, एकपटक गम्भिर भएर सोच्ने कि ?