चुल्हो निभेकाको चुल्हो बाल्न आग्रह

पोखरा /गण्डकी प्रदेश सांसद रामजी बराल (जिवन) ले देशमा हाल कोरोना भाइरसको कारण लकडाउन भएको अबस्थामा चुल्हो निभेकाको चुल्हो बाल्न आग्रह गरेका छन्।

पोखरा महानगरपालिका वडा नम्बर ३ स्थित बालमन्दिर टोल क्षेत्रमा बुधबार पुगेका सांसद बरालले केही स्थानीय बासिको गुनासो सुने पछि पोखरा महानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष रविन्सन प्रजु सहितको टोलीलाई तत्काल समस्यामा भएकाहरुको व्यवस्थापन गर्न आग्रह गरेका हुन् । सांसद बरालले भने “हाल देशमा भएको यो विसम परिस्थितीमा अति विपन्न र ज्यालादारी मजदुर जसको कुनै आयआर्जन र चुल्हो नै बल्न सकेको छैन त्यस्ताव्यक्ति एवं परिवारको पहिचान गरी राहत दिनुपर्छ, यसमा स्थानिले वडा तथा महानगरलाई समेत सहयोग गर्नुपर्छ ।

”एकै घर परिवारको नाम दोहोरो रुपमा टिपाएको र केही घर परिवार पहिलो चरणमा राहत लिन नआएकोले गर्दा केही समस्या रहेकोले त्यसलाई सांसद बरालले भने अनुसार राहत नपाएका र तत्काल चुल्हो निभ्ने अबस्थामा पुगेकालाई आफुहरुले छिट्टै व्याबस्थापन गर्ने भएकोअध्यक्ष प्रजुले जनाए । पोखरा ३ मा महानगरबाट ४ सय ७९ जनालाई राहत वितरण गरेको अध्यक्ष प्रजुले जनाए ।