कालाबजारी गर्ने शंकर ग्रुपका मालिक सुलभ अग्रवाललाई सात दिन हिरासतमा राख्न अनुमति प्रदान

काठमाडौं/कालोबजारीको अभियोगमा पक्राउ परेका व्‍यापारिक घराना शंकर ग्रुपका मालिक सुलभ अग्रवाललाई सात दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उनलाई सात दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएका हुन् ।
प्रहरीले बुधवार अग्रवाललाई सरकारी वकिल कार्यालय मार्फत म्याद थपका लागि जिल्ला प्रशासन कार्यालयमा पेस गरेको थियो । प्रमुख जिल्ला अधिकारीले अग्रवाललाई सात दिन हिरासतमा राख्न अनुमति दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डीएसपी) हेविन्द्र बोगटीले जानकारी दिए
जगदम्बा ग्रुपको समेत सञ्चालक रहेका अग्रवाललाई मंगलबार महानगरीय अपराध महाशाखाले पक्राउ गरेको थियो ।
परिसरले उनलाई कालोबजारी गरेको कसुरमा न्यायिक हिरासतमा राख्न सात दिनको अनुमति मागेको थियो ।
ज्वरो परीक्षण गर्ने थर्मल कालोबजारी गरेको फेला परेपछि प्रहरीले उनलाई ‘जरुरी पक्राउ पुर्जी’ दिएर पक्राउ गरेको थियो ।