चितवन भरतपुरको कोराना अस्पतालमा एक युवकको मृत्यु, कोरोना पुष्टि हुन बाँकी

चितवन/चितवनको भरतपुरस्थित कोराना अस्पतालको आइसोलेसनमा राखिएका एक युवकको मंगलबार बिहान मृत्यु भएको छ । भरतपुरस्थित कोरोना विशेष अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।
उच्च ज्वरो, रुघाखोकीलगायत समस्या भएका पर्साका एक युवकको उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । बिहान ७ बजे उनको मृत्यु भएको अस्पतालका प्रवक्ता डा. भोजराज अधिकारीले जानकरी दिए। कोरोना भाइरसको संक्रमणको आशंका गरिएको थियो । 
कोरोनाबाट वा अन्य के कारणबाट मृत्यु भएको भन्ने कुरा ल्याब रिपोर्ट आएपछि मात्र जानकारी हुने अस्पताल श्रोतले जनाएको छ । उनको स्वाब परीक्षणका लागि हिजो नै नमुना संकलन गरेर काठमाडौं पठाइएको अस्पतालका प्रवक्ता डा.अधिकारीले बताएका छन् ।