नेपाल चलचित्र कलाकार संघ मार्फत क्रिकेट रंगशालालाई १ लाख ६१ हजारको चेक हस्तान्तरण


चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १६ स्थित रामपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालालाई १ लाख ६१ हजारको चेक हस्तान्तरण भएको छ । अमेरिका निवासी सागर श्रेष्ठको समन्वयमा संकलित रकम आज नेपाल चलचित्र कलाकार संघ मार्फत धुर्मस सून्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेललाई हस्तान्तरण गरिएको हो । उक्त रकम नेपाली एशोशिसयन अफ नर्दन क्यालिफोर्निया, सन्नी सगरमाथा समाज सन्नी भ्याली,क्रियटिभ नेपाल युथ अर्गनाइजेशनको संयुक्त पहलमा रकम सँंकलन गरिएको थियो । हस्तान्तरण कार्यक्रममा बोल्दै संघका अध्यक्ष रविन्द्र खड्काले राष्ट्रिय गौरवको यस आयोजनालाई कलाकार संघ मार्फत चेक रकम हस्तान्तरण गर्न पाउंँदा खुशी भएको बताए । रंगशाला निर्माणमा हरेक नागरिकको उत्तिकै दायित्व रहेको भन्दै खड्काले आगामी दिनमा पनि संघले सहयोग गर्ने प्रतिबद्धता जनाए । संघका उपाध्यक्ष एवं प्रवत्ता मोहन निरौलाले राज्यले गर्ने यो आयोजना एउटा कलाकारको अभियानमा निर्माण भइरहेको भन्दै यस अभियानले आम कलाकारको शिर उंँचो बनाएको बताए । यस अघि सागर श्रेष्ठकै पहलमा नेपाल चलचित्र कलाकार संघ मार्फत ६ लाख ६६ हजार ६सय ६६ रुपैयांँ सहयोग भईसकेको छ ।