बिहारमा कोरोनाका कारण पहिलो मृत्यु

भारतको बिहारको राजधानी पटनाको एम्स अस्पतालमा कोरोना भाइरसको संक्रमणका कारण एक व्यक्तिको मृत्यु भएको छ । स्थानीय पत्रकार निरज सहायका अनुसार यी व्यक्ति मुंगेरका बासिन्दा थिए र केही दिन अघि मात्रै कतारबाट फर्किएका थिए । उनको मृत्यु शनिबार बिहान करिब ९ बजे भएको हो ।                                               

उनमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको थियो । उनको मृत्युपछि कोरोना भाइरसबाट मृत्यु हुने संख्या ६ पुगेको छ । यस्तै, स्थानीय पत्रकार निरज प्रियदर्शीका अनुसार बिहारमा कोरोनाका अर्का बिरामी एनएमसीएचको आइसोलेशन वार्डमा छन् । ती बिरामी हालै स्कटल्याण्डबाट फर्किएका हुन् ।

आइतबारभन्दा पहिला बिहारमा कोरोना भाइरसको कुनै पनि संक्रमण देखिएको छ । इन्डियन मेडिकद रिसर्च असोसिएशनका अनुसार भारतमा कोरोना भाइरसका ३ सय ४१ संक्रमित भेटिएका छन् ।