कोरोना भाइरस रोकथाम तथा नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

दोलखा/वागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा र जिल्ला प्रहरी कार्यालय दोलखाको सहकार्यमा कोभिड १९ (नोभल कोरोना भाइरस) रोकथाम तथा नियन्त्रणसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरीएको छ ।
दोलखा जिल्लाको विकट दुई स्थानमा यसअघि नै सचेतना कार्यक्रम सम्पन्न गरेको प्रहरीले आज शुक्रबार जिल्ला सदरमुकाम दोलखा चोरिकोटमा विभिन्न सामुदायिक विद्यालय तथा समुदायलाई लक्षित गरि सचेतना कार्यक्रम आयोजना गरेको हो।
सचेतना कार्यक्रममा नोभल कोरोना भाइरसको परिचय, लक्षण, नोभल भाइरस सर्ने कारण र बच्ने उपायसम्बन्धी जानकारी वागमती प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख किशोरकुमार दाहालले गरेका थिए ।
सो अवसरमा जिल्लाका विभिन्न ठाउँमा प्रहरी समुदायको सहकार्य सचेतना अभियान तीव्र पारेको जानकारी दिदै दोखला प्रहरी प्रमुख रेबतीरमण पोख्रेरलले कोराना विरुद्ध सचेतना अभियान सहित प्रहरी थप सशक्त रुपमा लागको स्पष्ट पारे ।
सचेतनामूलक कार्यक्रममा स्थानिय तथा अभिभावक, सशस्त्र प्रहरी, जनप्रतिनिधि, स्थानीय, व्यापारी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
‘कोरोना संक्रमण अहिलेको विश्वव्यापी समस्या हो, त्यसबाट जोगिन प्रचारप्रसार र सचेतनाका कार्यक्रम आवश्यक छन्’, कार्यक्रममा भिमेश्वर नगरपालिका नगर प्रमुख भरत के।सी।ले भने, ‘त्यसका लागि विभिन्न ठाउँबाट नगरमा आउने व्यक्तिहरुको स्वास्थ्य जाँचका लागि हेल्थ डेस्क राख्नेर काम गरिएको छ ।’
कार्यक्रममा बोल्दै दोलखाका प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्माले लागुऔषध नियन्त्रण तथा कोरोनाका विषयमा उच्च सर्तकता अपनाउदै आईसोलेसन वार्ड स्थापन गरि अगाडी बढेको बताए ।
सो अवसरमा प्रदेश प्रमुख दाहालले प्रहरी र स्थानीय जनताबीचको सम्बन्धलाई सुमधुर बनाउने उद्धेश्यले यस्ता सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको बताए । कार्यक्रम निरीक्षक देवराज काफ्ले सञ्चालन गरेका थिए ।