चेपाङ्ग गाउँमा कारोना भाइरस विरुद्ध सचेतना कार्यक्रम र स्वास्थ्य शिविर सम्पन्न ।

चितवन/वागमती प्रदेश प्रहरी कार्यालयको क्लिन बागमती प्रदेश अभियान अन्र्तगत आज चितवनको ईच्छाकामनामा सिमान्तकृत चेपाङ्ग समुदायमा कारोना भाइरस विरुद्ध बृहत् सचेतना कार्यक्रम सहितको स्वास्थ्य शिबिर कार्यक्रम सम्पन्न गरिएको छ । वागमती प्रदेश प्रहरी कार्यालय र ईच्छाकामना गाँउपालिकाको सँयुक्त आयोजनामा भएको सो कार्यक्रमको प्रदेश सभा सदस्य गिता वाग्ले प्रमुख अतिथी रहनुभएको थियो । गाँउपालिका अध्यक्ष गिता गुरुगंको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक नान्तीराज गुरुगंले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो। कार्यक्रमका बिशिष्ट अतिथीमा बागमति प्रदेश प्रहरी प्रमुख किशोर राज दाहाल रहनुभएको थियो । गाँउपलिकाका उपाध्यक्ष कृतीकुमार श्रेष्ठ लगाएतको उपस्थिती रहेको सो कार्यक्रममा ३०० जनाले स्वास्थ्य परिक्षण गराएका थिए । कार्यक्रममा पुरानो मेडिकल कलेज भरतपुर चितवनले प्राबिधिक सहयोग गरेको थियो ।