नारायाणी दोभानको ट्राफिक सचेतना कार्यक्रम सम्पन्न ।

चितवन । भरतपुर ३ मा रहेको नारायणी दोभान टोल बिकास सस्ँथाले टोबासीहरुलाई ट्राफिक शिक्षा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरको छ । दुर्घटना न्युनिकरण अभियान अन्र्तगत टोलबासीलाई ट्राफिक शिक्षा दिईएको हो ।
सस्थाँका अध्यक्ष सुर्य बरालको अध्यक्षता तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यारत प्रहरी नायब निरिक्षक कृष्ण ज्यु ठकुरीको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा दुर्घटना हुनुका कारण र न्युनिकरण का उपायहरु बारे समिक्षा गरिएको थियो ।
ट्राफिक शिक्षाको अभाव र लापारबाहीको कारण दुर्घटना बढीरहेको भन्दै प्रहरी नायब ठकुरीले मृत्युको तेश्रो कारणको रुपमा नेपालमा दुर्घटनाबाट मानिसहरुले ज्यान गुमाईरहेको जानकारी गराउदैं दुर्घटनाको अर्को मुख्य कारण मादकपर्दाथ सेवन रहेको बताए । कार्यक्रममा दुर्घटना न्युनिकरणको उपायबारे प्रशिक्षण नै दिईएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष सुर्य बरालले महामारीको रुप लिईरहेको भयाभव दुर्घटना रोकथाममा सबै मिली लाग्नुपर्नेमा जोड दिएका थिए ।
जिल्ला ट्राफिक प्रहरी हवल्दार बिश्वराम नेपाल, अनन्त आमा समुहकी अध्यक्ष उमा पाख्रिन, टोलका सल्लाहाकारद्वय यज्ञ प्रसाद ढकाल र दुर्गा परियारको आतिथ्यता रहेको सो कार्यक्रममा सस्थाँका उपाध्यक्ष उत्तम श्रेष्ठ, सचिब दिपा घले लगाएत एक सय जनाको उपस्थिती रहेको थियो ।