Breaking News

मोस्ट वान्टेड‘गुण्डा नाइके’ सत्यमान पक्राउ

काठमाडौँँ,६ फागुन। नेपाल प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका गुन्डा नाइकेु सत्यमान लामा पक्राउ परेका छन् ।महानगरीय प्रहरी वृत महाजगञ्जको टोलीले सोमबार राति पक्राउ गरेको हो । लामालाई मापसे गरेर सवारी साधन चलाएको आरोपमा पक्राउ गरिएको महाराजगञ्ज प्रहरीले जनाए पनि थप खुलाएको छैन् । साथै अरु थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
लामा गुन्डा नाइके दावा लामाका सहयोगी हुन् । महानगरीय प्रहरी परिसर काठमाडौंले २०७५ असारमा पनि लामालाई पक्राउ गरेको थियो । त्यतिखेर प्रतिनिधिसभा सदस्य नवीना लामाले पक्राउ परेको केही घन्टा बित्न नपाउँदै जमानतमा रिहा गराएकी थिइन् ।
त्यसपछि पनि महानगरीय अपराध महाशाखाको टोलीले चेक बाउन्सको मुद्दामा पक्राउ गरेको हो । प्रहरीका अनुसार सत्यमान ‘क’ वर्गका गुण्डा हुन् । गुण्डागर्दीको आडमा उनले लुटपाट, अवैध डलरलगायतको कारोबार गर्ने गरेको प्रहरी भनाइ छ ।