सौराहा फुड फेष्टिवल सम्पन्न ।

रत्ननगर । पूर्वी चितवनको सौराहामा आयोजना गरिएको १४औँ सौराहा फुड फेष्टिवल शनिबार समपन्न भएको छ । रेस्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान) गत माघ २८ गतेबाट फेष्टिवल आयोजना गरेको थियो । प्रेम दिवसको अवसरमा आयजित फेष्टिवल प्रदेशका पर्यटनमन्त्री अरूण नेपालले उद्घाटन गरेका थिए ।

फेष्टिवलले सौराहामा पर्यटकको आगमन बढाएको रेवान सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाले बताए ।
फेष्टिवलमा स्वदेशी तथा विदेशी र विभिन्न जातजातिका परम्परागत खानाको ५० वटा स्टलहरु रहेको फेष्टिवलका संयोजक धु्रव गिरीले जानकारी दिए । फेष्टिवलअन्तर्गत मेयर कप भलिबल प्रतियोगिता, प्रेमपत्र लेखन प्रतियोगिता, डोरी तान्ने प्रतियोगितासमेत गरिएको थियो ।
पछिल्लो समय‘कोरोना भाइरस लगाएतका कारण सुस्ताएको सौराहाको पर्यटनलाई फेष्टिवलले राहत प्रदान गरेको छ, उनले भने, ‘फेष्टिवलमा आएका स्वदेशी तथा विदेशी पर्यटकको संख्याले व्यवसायीलाई हौसला प्रदान गरेको छ ।’