दातृ निकायको सहयोग भ्रमण खर्चमै सिध्याउदै सहकारी महासंघ

सहकारीको क्षेत्रको सर्वोच्च निकाय राष्ट्रिय सहकारी महासंघले वैदेशिक अध्ययन र भ्रमण शीर्षकमा करोडौँ खर्च गरेको पाइएको छ । सहकारी विभागले गरेको अनुगमनमा महासंघले तीन वर्षमा वैदेशिक भ्रमण तथा तालिम शीर्षकमा डेढ करोड रुपैयाँ भन्दा बढी खर्च गरेको भेटिएको हो ।
विभागको अनुगमन प्रतिवदेनअनुसार महासंघले भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका साथै अन्य दातृ निकायबाट समेत सहयोग लिएर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ ।
ती निकायबाट लिएको सहयोगबाट आर्थिक वर्ष २०७३र७४ मा ५९ लाख ९४ हजार, अव २०७४र७५ मा ७० लाख ७८ हजार र आव २०७५र७६ मा ४३ लाख ३७ हजार गरी १ करोड ६३ लाख रुपैयाँ खर्च गरेको छ । यसबाहेक महासंघले सहकारी संस्थाका प्रतिनिधिहरुलाई उनीहरुबाटै शुल्क लिएर वैदेशिक तालिम तथा भ्रमणमा समेत पठाउँदै आएको छ । तर, उनीहरुबाट लिएको रकमबाट कुनै महासंघमा अभिलेख नभएकाले भ्रमणमा भएकाले खर्च उच्च रहेको विभागले जनाएको छ । आजको कारोबार दैनिकमा समाचार छ ।