नेपाल हेर्न दिल्लीमा ‘रअ’ को शक्तिशाली टिम


नेपालको केन्द्रीय सरकारमा नयाँ सहयात्रीको आगमनपूर्व भारतले नेपालमाथिको हेराईलाई गहिरो पारेको छ ।
अहिलेका विदेशमन्त्री एस जयशंकर सुष्मा स्वराज विदेशमन्त्री हुँदा सचिवको हैसियतले सीधै नेपाल मामिला तय गर्थे । संविधान निर्माणसहितका विभिन्न सन्दर्भमा काठमाडौँ आउजाउ पनि गरेकै हुन् । सँगसँगै काठमाडौँस्थित दूतावासमा काम गरिसकेका शशी तोमर नेपाल–भूटान मामिला हेर्ने इन्जार्च बन्दैछन् ।
‘रअ’ को सेकेन्डम्यानको रुपमा काठमाडौँ बसिसकेका सुव्रत दास भूटानबाट दिल्ली फर्किएर विदेश मन्त्रालयमा लियाजो अफिसरका रुपमा काम गरिरहेका छन् । यिनीहरुले नेपाल मामिला मिहिन पाराले हेरिरहेका हुन्छन् ।
काठमाडौँस्थित दूतावासमा प्रवक्ता भएर बसिसकेका पियुष श्रीवास्तव अहिले नेपाल मामिलाका जिम्मेवार सहसचिव छन् । त्यहाँ रहेका सुधाकर शिकागोको लागि कन्सुलर जनरल भएर अमेरिका जानेपछि पियुष त्यहाँ लगिएका हुन् । त्यसमाथि प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल स्पष्टतः नेपालबारे जानकार हुने नै भए । उनीसँग गत साता हाम्रा राजदूत नीलाम्बर आचार्यले एक वर्षसम्म समय माग्दामाग्दा अन्त्यमा भेट्न पाएका छन् ।
बुझिएअनुसार दिल्लीले प्रदेश २ को बारेमा एउटा सुझाव दिएको छ – अहिले सरकार नफेर, राजपाकै मुख्यमन्त्री बनायो भने उपेन्द्र बिच्किएर हिरो बन्छन् । यसो भनेर दिल्लीले उपेन्द्रलाई माया गरेको त होइन तर नेकपाको साथ लिँदा रापाको मैदान कमजोर हुन्छ भन्ने वास्तविकता चाहिँ बुझेको हुनुपर्छ ।
जनआस्था साप्ताहिकबाट ।