गैँडाकोट महोत्सव एक दिन थप


नवलपुर, २५ माघ । गैँडाकोटन नगरपालिकाको नारायणी नदीकिनारमा
सञ्चालन भएको तेस्रो गैँडाकोट महोत्सव एक दिन थप गरिएको छ । माघ
१५ देखि सुरु भएको तेस्रो गैँडाकोट महोत्सव माघ २७ गतेसम्म
सञ्चालनल हुनेगरि एक दिन थपिएको जिल्ला उद्योग वाणिज्य संघ
गैँडाकोट नवपुरका अध्यक्ष एवम् महोत्सव मूल संयोजक अमृत भट्टचनले
जानकारी दिए ।
दर्शकहरुको चाप र चाहनाका कारण महोत्सव एक दिन थप गरिएको भट्टचनको
भनाइ छ । यसअघि माघ २६ गते महोत्सव समापन गर्ने आयोजकले
जनाएको थियो । पछिल्लो समय महोत्सवमा दर्शकको चाप बढ्दै गएको र
अझै थप गर्नुपर्ने अवलोकनकर्ताहरुको आग्रहलाई मध्यनजर गर्दै एक
दिन थपिएको भट्टचनले बताए ।
माघ २७ गते नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले
महोत्सवको समापन गर्ने संघका कोषाध्यक्ष एवम् महोत्सवका आर्थिक तथा
प्रचार प्रसार उपसमिति संयोजक शालिकराम सापकोटाले जानकारी दिए । जिल्ला
उद्योग वाणिज्य संघ नवलपुरको आयोजनामा ‘नवलपुरको आफ्नै गौरव
आफ्नै उत्सव, समग्र समृद्धिका लागि गैँडाकोट महोत्सव २०७६’ भन्ने
मुल नाराका साथ तेस्रो गैँडाकोट महोत्सव आयोजना गरिएको थियो ।
महोत्सवमा प्रमुख आकर्षणको रुपमा लण्डन ब्रीज आकारको प्रवेश द्वार,
बुर्ज अल अरब दुबई (सेल्फी जोन), नारायणी नदीमा ¥याफ्टिङ
तथा रसियन कलाकारको बेली डान्स रहेका छन् ।
महोत्सवमा सबैभन्दा बढी दर्शक आज
गैँडाकोटको नारायणी नदीकिनारमा सञ्चालन भइरहेको तेस्रो
गैँडाकोट महोत्सवमा शनिबार अहिलेसम्मकै सबैभन्दा बढी दर्शकहरु
उपस्थित भएका छन् । जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोट नवलपुरको
आयोजनामा माघ १५ गतेदेखि सुरु भएको महोत्सवको आज शनिबार मात्रै
५० हजार भन्दा बढी दर्शकले अवलोकन गरेका संघका कोषाध्यक्ष एवम्