पत्रकार सूर्यप्रसाद अधिकारी र सुवास पण्डित सम्मानित


चितवन/लायन्स बाल क्यान्सर स्वास्थ्य दर्पण हेल्थ अर्वाड २०७६ बाट चितवनका दुईसहित ९ जना पत्रकार सम्मानित भएका छन् ।
पत्रकारिताको माध्यमबाट समाज रुपान्तरण र विकासमा पुर्याएको योगदानको उच्च मुल्यांँकन गर्दै आज ९शनिबार० भरतपुरमा आयोजित एक कार्यक्रमका बीच उनीहरुलाई सम्मानित गरिएको हो ।
सम्मानित हुने चितवनका पत्रकारमा द्धय सूर्यप्रसाद अधिकारी र सुवास पण्डित रहेका छन् । यस्तै सात प्रदेशबाट सात पत्रकार सम्मानित भएका छन । प्रदेश नम्बर १ बाट लिलावल्लभ घिमिरे, प्रदेश नम्बर २ बाट बाट बृजकुमार यादव , बाग्मती प्रदेशबाट दिपक आचार्य , प्रदेश ४ बाट होमराज रानाभाट रहेका छन् । यस्तै प्रदेश ५ बाट दिपेन्द्र बडुवाल, कर्णाली प्रदेशबाट चिरन्जिवी अर्याल र प्रदेश नम्बर ७ बाट उन्नती चौधरी सम्मानित भएका हुन ।
४ चिकित्सक र नर्स सम्मानित
लायन्स बाल क्यान्सर स्वास्थ्य दर्पण हेल्थ अवार्डबाट चार चिकित्सक सम्मानित भएका छन् । सम्मानित हुने चिकित्सकहरुमा विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका बाल क्यान्सर रोग बिशेषज्ञ डाक्टर कृष्णसागर शर्मा , डाक्टर भोलापु रौनियार, डाक्टर प्रकाशराज न्यौपाने र डाक्टर मदन कुमार पिया रहेका छन् । उनीहरुलाई क्यान्सर रोग उपचार र सेवामा उल्लेखनीय योगदान दिएको भन्दै सम्मानित गरिएको हो । सम्मानित हुने नर्समा विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल बाल क्यान्सर विभागकी सविना दाहाल रहेकी छिन ।
संस्थागत रुपमा विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर ललितपुरलाई सम्मान गरिएको छ ।यस्तै विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा कार्यरत नर्स सविना दाहाल पनि सम्मानित भएकी छिन् । उनिहरुलाई कार्यक्रमका प्रमुख अतिथी लायन्स क्लब अन्तरराष्ट्रिय ३२५ बि २ नेपालका द्वितिय भाईस दिष्ट्रिक्ट गभर्नर एम जे एफ लायन रामप्रसाद भट्ट र पत्रकार महासंघका उपाध्यक्ष विपुल पोख्रेल सहितले सम्मान गरेका थिए ।