बजार भाउ आकासिदैं : लसुन र कुखुराको मासुको मूल्य पनि ह्वात्तै बढ्यो

काठमाडौं । प्याजको मूल्य वृध्दिको मारमा परेका उपभोक्ता मूल्य घटन नपाउँदै लसुन र बोइलर कुखुराको मासुको मूल्य बढ्दा मारमा छन् ।

दैनिक उपभोग्य सामानको मूल्य बेला बेलामा एक्कासि आकासिनु रहस्यमय छ । बोइलर कुखुराको मासु, लसुन लगायत दैनिक उपभोग्य वस्तुको उच्च रुपमा बढेको छ । २५ दिन अघि २६० रुपियाँमा पाईने हाल खुद्रा बजारमा कुखुराको मासुको मूल्य प्रतिकेजी ४०० रूपियाँ भन्दा माथि पुगेको छ ।

नेपाली बजारमा मासु मात्रै होईन लसुनको मूल्य आकासिएको छ । करिब २० दिन अघि लसुनको मूल्य प्रतिकिलो २५० देखि २८० रूपियाँ आसपास रहेकोमा अहिले बजार मूल्य ५०० रूपियाँ प्रतिकेजी पुगेको छ ।
चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी बन्द हुँदा लसुनको मूल्य बढेको व्यवसायीहरूको भनाई छ ।
नाका बन्द रहेकाले लसुन आयात गर्न नसकिएको कारण देखाउँदै लसुनको मूल्य तत्काल नघटने उनीहरूको भनाई छ । तर यता उपभोक्ताबादीले अहिले बजारमा मासु र लसुनको मूल्य बढनु प्रमुख कारण कालाबजारी गर्नेको चलखेल रहेको बताउँछन् । आजको गोरखापत्रबाट।