निर्माण व्यवसायीको लापरवाहीः देशभर ९६ पुल अलपत्र

निर्माण व्यवसायीको लापरवाहीका कारण मुलुकभर ९६ वटा पुल अलपत्र अवस्थामा रहेका छन् ।सडक विभाग अन्तर्गत मुलुकभर रहेका रणनीतिक र स्थानीय गरी करिब २ हजार ९१ वटा पुलमध्ये निर्माण व्यवसायीको लापरवाहीका कारण ९६ वकटा पुल अलपत्र अवस्थामा पाइएको छ ।सोमबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा सांसदहरुले पुल निर्माण कार्य लथालिङ्ग हुँदा पनि सरोकारवाला निकाय भने मौन रहेको भन्दै आक्रोश व्यक्त गरे ।अन्तरमन्त्राल समन्वय हुन नसक्दा विकास निर्माणका कामहरु प्रभावित भएको भन्दै समन्वयकारी भूमिका कमजोर भएकोप्रति ध्यान दिनुपर्ने बताएका छन् । कारोबार दैनिकबाट ।