भाग्यमानी डि.एस.पी.कोईरालाको दुर्भाग्यपूर्ण कार्य: चितवन प्रहरीको अबैध असुली ह्वात्तै बढ्यो ।

चितवन, २० माघ ।
चितवन प्रहरी कार्यालयका निमित्त प्रमुख डि.एस.पी.एकनारायण कोइराला अबैध असुली बिवादमा तानीएका छन् । दरबन्दी समेत अन्यत्र भई एसपीबिहन अवस्थामा रहेको जिल्लामा प्रमुख चलाउने अवसर पाई भाग्यमानी ठानीएका कोईरालाले दुईलाख घुस खाएको आरोप छ । जिल्लामा बिगत एकमहिना अघिदेखी एसपी नभएको कारण प्रमुखको जिम्मेवारी सम्हालेका कोईरालाले यौनदुब्यर्वहारको उजुरीमा मिलापत्र गराए बापत घुस लिएको आरोप लागेको हो ।
नारायणगढको शहीदचोकभित्र कमलनगर बजारमा अर्पिता शृंगार पसलका संचालक विमल श्रीवास्तवसँग चितवन प्रहरीले मुध्धा मिलाईदिए बापत रु दुईलाख लिएको बुझिएको छ । श्रृबास्तवले दुर्व्यवहार गरेको आरोपमा प्रहरी कार्यालयमा परेको उजुरीमा पीडित भनिएकी सानुमाया लामा (नाम परिवर्तन)लाई ३ लाख रुपैयाँमा मिलाएर बाकीँ दुईलाख प्रहरीले लिएको एक श्रोतले जानकारी दिएको छ ।
श्रीवास्तवबिरुद्ध शनिबार परेको सामान्य उजुरीलाई आधार बनाएर पक्राउ परेका श्रीवास्तवसँग मोलमोलाई गरी ३ लाख सानुमायालाई दिनेगरी प्रहरीले ५ लाख रकम लिएर छाडेको स्रोतको दाबी छ । डेढ हप्ता अघिबाट बिदामा रहेका वडा प्रहरी कार्यालयका प्रमुख इन्स्पेक्टर रविनबाबु रेग्मी अझै बिदामा छन्। कार्यबहाक सम्हालेका ढकालले श्रीवास्तवको मुध्धा निमित्त प्रमुख कोईरालालाई जिल्लामा पठाएपछी कोईरालाले केश मिलाउने नाममा असुली गरेको श्रोतको दाबी छ ।
चितवनमा एसपी नभएको मौकामा डीएसपी कोइरालाले अबैध असुली बढाएको प्रहरी निकट श्रोतले जानकारी दिएको छ ।
जिल्लामा दुई वटा डीएसपीको दरबन्दी भए पनि अर्का डीएसपी शालीग्राम शर्मालाई यसअघिका एसपी दानबहादुर मल्लसँग मिलेर कोइरालाकै योजनामा सरुवा गराएको चर्चा छ ।
डीएसपी कोइरालाले विगतमा जस्तै प्रत्येक चौकीका इन्चार्जबाट रकम तोकेर बुझाउने निर्देशन दिएको प्रहरी निकट श्रोत बताउँछ। उनले गोन्द्राङ, पारस बसपार्क, रामनगर, पदमपुर, जुगेडी, बछ्यौली र लोथर चौकीमा टेण्डर बुझाउनेहरुलाई मात्र पठाउने गरेको प्रहरी निकट श्रोतको दाबी छ । उनले बिगतमा जस्तै असई इन्चार्ज हुने चौकीको २५ हजार र सई इन्चार्ज हुने चौकीबाट ५० हजार मासिक दिनुपर्ने दर राखेका छन् । चनौली र सौराहामा इन्चार्ज खटाउँदा पनि पैसा असुली गरेको आरोप उनीमाथि छ । एक महिनासम्म पनि प्रहरी प्रधान कार्यालयले चितवनमा एसपी खटाएको छैन । जसका कारण निमित्त प्रहरी प्रमुख डीएसपी कोइरालाको असुली बढेको छ ।
गएको पुस १८ मा चितवनका एसपी दानबहादुर मल्ल रमाना बुझेर हिंडेपछि निमित्त प्रहरी प्रमुखको रुपमा एकनारायण कोइरालाले शिवघाटदेखि तलका नारायणगढका होटलबाट समेत केही घुमुवा मार्फत पैसा उठाउने गरेको बुझिएको छ । यसैबिच यस बिषयमा बुझ्न खोज्दा कोईरालाको मोबाईलमा सम्पर्क हुन सकेन । 

दृष्टि न्युज डट कमबाट