के यही लोकतन्त्र हो र ? अदालतको आदेश लत्याउदै माइला लामालाई प्रहरीद्वारा पुन : गिरफ्तार


विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा तत्कालिन उपत्यका इञ्चार्ज माइला लामालाई रिहा भए लगत्तै प्रहरीले पुनः गिरफ्तार गरेको छ ।

उच्च अदालत पाटनको आदेशमा आइतवार रिहा भएका लामालाई प्रहरीले अदालत परिसरबाटै पुन पक्राउ गरेको हो ।
थुनामा राख्ने जिल्ला अदालतको आदेश बदर गर्दै उच्च अदालतले माघ १६ गते लामासँगै नेकपा अर्का केन्द्रीय सदस्य नविन विश्वकर्मा, अनेमसंघ९क्रान्तिकारी०की केन्द्रीय महासचिव धिरिन्द्रा उपाध्याय र इश्वर परियारलाई रिहा गर्न आदेश दिएको थियो । तर अदालत परिसरबाटै उनीहरूलाई प्रहरीले गिरफ्तार गरेको हो ।

ललितपुर जिल्ला अदालतले ललितपुरमा रहेको एनसेलको केन्द्रीय कार्यालयमा बम विस्फोट गराएको घटनामा र राज्य विरुद्धको अपराधमा दोषी ठहर गर्दै पूर्वपक्षमा पठाउने फैसलालाई उच्च अदालतले बदर गर्दै नेताहरुलाई रिहा गर्न आदेश दिएको थियो । जिल्ला अदालत ललितपुरको आदेशविरुद्धको रिट निवेदन उच्च अदालतमा परेको थियो ।
उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश श्रीकान्त पौडेलको इजलासले बिहीबार चारजनालाई निर्दोष ठहर गर्दै रिहाईको आदेश दिएको थियो ।
उनीहरुलाई विभिन्न समयमा प्रहरीले गिरफ्तार गरेर हिरासतमा लिएपछि ललितपुर जिल्ला अदालतले पूर्वपक्ष लागि भन्दै नख्खु कारागार चलान गरेको थियो ।
अदालतको अपहेलना गर्दै अदालत परिसरबाटै लामाहरू पुनस् गिरफ्तार प्रकरणले लोकतन्त्रको खिल्ली उडाएको छ। आम रूपमा के हो लोकतन्त्र भन्दै आम प्रश्न उठेको छ।