गैँडाकोट महोत्सवमा आज एकै दिन चालीस हजारले गरे अवलोकन


गैँडाकोटको नारायणी नदीकिनारमा जारी तेस्रो गैँडाकोट महोत्सवको चौँथो
दिन शनिबार ४० हजार भन्दा बढी दर्शकले अवलोकन गरेका छन् । आज शनिबार समेत
परेकाले दर्शकको उपस्थिति उल्लेख्य रहेको महोत्सव आयोजक संस्था उद्योग
वाणिज्य संघ गैँडाकोट नवलपुरले जनाएको छ । महोत्सवको साँस्कृतिक
कार्यक्रममा दर्शकहरुको आकर्षण बढ्दो रहेको संघका कोषाध्यक्ष एवम्
महोत्सवका आर्थिक तथा प्रचार प्रसार उप समिति संयोजक शालिकराम सापकोटाले
जानकारी दिए । उनकाअनुसार शनिबार राष्ट्रिय लोक तथा दोहोरी गायक प्रजापति
पराजुली, शशांक कँडेल, सिजु अधिकारीलगायतका कलाकारहरुको प्रस्तुति रहने थियो ।
रसियन कलाकारहरुले शनिबार नेपाली तथा हिन्दी गीतमा आफ्नो प्रस्तुति राखेका
सापकोटाले बताए । महोत्सवको साँस्कृतिक कार्यक्रम र कलात्मक प्रवेशद्वारमा
दर्शकको आकर्षण बढेको सापकोटाको भनाइ छ । महोत्सवमा शनिबारको
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख चेसराम आले प्रमुख अतिथि तथा उपप्रमुख
शारदा विक विशिष्ट अतिथिको रुपमा रहेका थिए । महोत्सवस्थलमा कृषिका ४० वटा स्टल,
विभिन्न जातजातिका नौ वटा साँस्कृतिक घरसहित उद्योग, वाणिज्य, व्यवसायिक तथा
पर्यटनसम्बन्धी ३५० भन्दा बढी स्टल रहेको उद्योग वाणिज्य संघ नवलपुरका
अध्यक्ष एवम् महोत्सव मूल समिति संयोजक अमृत भट्टचनले बताए । भट्टचनकाअनुसार
महोत्सवका सबै स्टलहरु बाँसबाट निर्माण गरिएका छन् । स्थानीय उत्पादनलाई
प्रोत्साहन र व्यवसाय प्रर्वद्धनका लागि महोत्सव आयोजना गरिएको उल्लेख गर्दै
भट्टचनले नेपाल भ्रमण वर्ष २०२० का सन्दर्भमा नवलपुरमा आन्तरिक पर्यटक वृद्धि
गर्नका लागि समेत महोत्सवले नि थप ऊर्जा प्रदान गर्नेे बताए । यसपटक
महोत्सवमा बुर्ज अल अरब दुबई (सेल्फी जोन) र लण्डन ब्रीज आकारको
कलात्मक प्रवेशद्वार निर्माण गरिएको छ । गैँडाकोट महोत्सवका सचिवालय संयोजक
एवम् उद्योग वाणिज्य संघ नवलपुरका महासचिव छविलाल कँडेलले महोत्सव सफल
पार्न विभिन्न २२ वटा उप समिति गठनगरिएको बताए । महोत्सवअवधिभर महोत्सव
स्थलमा भायोनेट कम्युनिकेशन प्रालिले २०० एमबीपीएसको इन्टरनेट
निःशुल्क प्रदान गरेको छ । महोत्सव अवलोकनका लागि ५० रुपैयाँको टिकटको
व्यवस्था गरिएको उल्लेख गर्दै कँडेलले विद्यार्थी तथा समूहमा जानेका लागि विशेष
सहुलियत प्रदान गरिने बताए । गैँडाकोट नगरपालिका, जिल्ला समन्वय समिति नवलपुर,
नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा
आन्तरिक तथा वाह्य व्यपार, उद्योग, कृषि, पर्यटन, सूचना सञ्चार लगायतका क्षेत्रलाई
प्रर्वद्धन गर्ने र पर्यटन वर्ष २०२० लाई सफल बनाउने उद्देश्य लिएर तेस्रो
गैँडाकोट महोत्सव आयोजना गरिएको हो । यसैबीच, शनिबार उद्योग वाणिज्य
संघ गैँडाकोटको आयोजना तथा एभिन्यूज टेलिभिजनसँगको सहकार्यमा आर्थिक
बहस कार्यक्रम गरिएको कँडेलले बताए । प्रतिनिधिसभा सदस्य महेन्द्रध्वज जिसी,