क्रिकेट रंगशाला निमार्णमा सहयोगको ओईरो लाग्न शुरु : गल्छी गाँउपालिकाले दियो सय टिपर बालुवा

हंस सहकारीले दियो रु दश लाख सहयोग

सूर्य बराल/चितवन/चितवनको भरतपुरमा निर्माणधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालामा सहयोगको ओईरो लाग्न शुरु गरेको छ। धुर्मुस सुन्तली फाउन्डेसनको संयोजनमा जनस्तरबाट निर्माण भइरहेको रंगशलामा देशभरबाट सहयोग आउने क्रम बढेको हो। 

सोही क्रममा आज दिउँसो धादिङको गल्छी गाँउपालिकाले सहयोग गरेको सय टिपर बालुवा नेपाल टिपर संघले उपलब्ध गराएको टिपरले रंगशाला सम्म लिएर आएका थिए। गाँउपालिका अध्यक्ष कृष्णहरी श्रेष्ठ सहितको एक समूह डवलवास बालुवा बोकेको टिपर लिएर रंगशाला निर्माणस्थल पुगेको थियो ।

गाँउपाकिलाका अध्यक्षले रंगशालामा पुगेर धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसलाई बालुवा हस्तान्तरण गरेका थिए ।
गल्छी गाँउपालिकामा उत्खनन गरीएको बालुवा रंगशाला निर्माणमा निशुल्क सहयोग गरीएको अध्यक्ष श्रेष्ठले बताए । चितवनमा बने पनि रंगशाला नेपालकै सम्पत्ती भएकाले निर्माण सम्पन्न गर्न सवैले सहयोग गर्नुपर्ने श्रेष्ठको भनाई थियो ।
धादिङबाट रंगशालासम्म बालुवा ढुवानीका लागी नेपाल टिपर तथा ट्रक व्यवसायी समितिले सहयोग गरेको थियो ।
नेपालको गौरवको आयोजना रंगशाला बनाउन टिपर व्यवसायीको तर्फबाट बालुवा ढुवानीमा सहयोग गरीएको समितिका अध्यक्ष राम कुमार चापागाइले बताए ।
फाउण्डेसनका अध्यक्ष धुर्मुसले गल्छी गाँउपालिकाले जसरी नै सवै स्थानिय सरकारले सहयोग गर्ने क्रम चलीरहेकाले सवै नेपालीले अपनत्व ग्रहण गरे निर्धारीत मितिमै रंगशाला ठड्याउने बताए । बालुवा बोकेका टिप्परको तेल खर्च भने फाउन्डेसनले व्योहोरेको बताईएको छ।
बालुवा हस्तान्तरण कार्याक्रममा प्रदेश सांसद विजय सुवेदी, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल लगायत सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो । सोही कार्यक्रममा टिपर चालकहरुले रंगशालास्थलमै संकलन गरी ८० हजार नगद सहयोग हस्तान्तरण गरेका थिए ।
त्यस्तै, आजै नेपाल क्रीकेट समर्थक समाज चितवनले रत्ननगर महोत्सवमा संकलन गरेको २ लाख १६ हजार २ सय ९५ आज हस्तान्तरण गरेको छ ।
रंगशाला निर्माणका सहयोग जुट्ने क्रम बढ्दै गइरहेको सन्दर्भमा क्रीकेट समाजले सहयोग गरेको हो । विभिन्न संघसस्था, महिला समूहहरुले सहयोग गरिरहँदा क्रिकेट खेलका समर्थकहरुले पनि सहयोग गरेका हुन् । आम समर्थकहरुको प्रतिनिधि संस्था नेपाली क्रिकेट समर्थक समाज (NCSS)ले रंगशाला निर्माणका लागि २ लाख १६ हजार २ सय ९५ सहयोग गरेको हो।

नेपाल क्रीकेट समर्थक समाज चितवन र रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले संयुक्त रुपमा फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसलाई हस्तान्तरण गरेका थिए ।
त्यस्तै, हिजो मात्र रंगशालालाई अक्सफोर्ड कलेजले साढे ८ लाख भन्दा बढी सहयोग गरेको थियो।
कलेजका शिक्षक र विद्यार्थीहरुबाट रकम संकलन गरी ८ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग गरेको हो । उक्त रकम कलेजका प्रिन्सिपल हरि भण्डारीले धुर्मुस सुन्तली फाण्डेसनलाई हस्तान्तरण गरेका थिए । त्यस्तै, केही दिन अघि हेटौंडाका मेयर आफै आई तीस लाख रुपैयाँ सहयोग गरी फर्किएका थिए।

हंस सहकारीले रु दश लाख सहयोग

त्यस्तै, यस अघि हंस सहकारीले रु दश लाख सहयोग गरेको थियो ।
त्यस्तै उधोग संघ,उधोग वाणिज्य संघ लगायतका सयौं संघ संस्थाहरुले रंगशालामा निस्वार्थ भावले सहयोग गरिरहेका छन्। रंगशलामा सहयोग गर्नेहरूको सङ्ख्या दिनप्रतिदिन बढिरहेको छ।

सहयोगीहरुको ओईरो बढेसँगै रंगशला निर्माणको कामले पनि गति लिएको रंगशाला निमार्णमा अहोरात्र खटिरहेका धुर्मुश सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले जानकारी दिए।