शोभायात्रा र्यालीमा सहभागी २९ संस्था पुरस्कृत


चितवन , १७ माघ /चितवनको रत्ननगरमा आयोजना भएको रत्ननगर महोत्सव २०७६ को
शोभा यात्रा र्यालीमा सहभागी भएका संघसंस्थाहरुमध्य २९ वटा
पुरस्कृत भएका छन् । महोत्सवको शाभा यात्रामा सहभागीहरुमध्य विभिन्न
आठवटा विधामा उत्कृष्ट भएकाहरुलाई आज पुरस्कृत गरिएको हो ।
र्यालीमा सहभागीहरुमध्यबाट नेवा मैजु पुच रत्ननगर सर्वोत्कृष्ट
भएको छ । सर्वोत्कृष्टलाई नगद दश हजार तथा मायाको चिनो प्रदान
गरिएको छ । त्यस्तै महिला तथा आमा समुहतर्फबाट थारु महिला
साँस्कृतिक समुह, निपनी प्रथम , शक्तिशाली महिला समुह र.न.पा.
१३ द्धितिय र गणेश सक्रिय महिला समुह र.न.पा. ३ , दिव्यज्योती
महिला समुह र.न.पा. ९ , श्री आमा समुह र.न.पा. ९ र नवदुर्गा आमा
समुह तृतिय भएका छन् । त्यस्तै टोल बिकास संस्थातर्फ बेल्सी टोल
विकास संस्था प्रथम जन जागृती टोल विकास संस्था र.न.पा.१० द्धितिय ,
माझि मुसहर टोल बिकास संस्था र.न.पा. ५ चित्रसारी तृतिय
विद्यालयतर्फ नवोदय बिधालय खै.न.पा. १ प्रथम, गायत्री वेद वेदाङ
विद्यालय र.न.पा.९ द्धितिय ,श्री अन्त्योदय जनजाति आ. मा. बि.
खै.न.पा. ९ तृतिय , स्काउट ट्रप तर्फ भिमोदय स्कायट ट्रप प्रथम
, चित्रवन स्काउट ट्रप द्धितिय भएका छन् । बिशेष आकर्षणतर्फ
झुवानी डम्फु समुह प्रथम ,महिला नैमति वाजा समुह द्धितिय , श्री
भद्रकाली भजन समुह तृतिय धार्मिक संघ संस्थातर्फ ब्रम्हकुमारी
राजयोग सेवा केन्द्र रत्ननगर प्रथम , आत्मज्ञान प्रचार संघ रत्ननगर
द्धितिय , कृष्ण प्रणमी संस्था जिरौना तृतिय , जनजाती पहिचान
सहितको उपस्थितीमा नेपाल इकाइ मगर संघ र.न.पा. ११ मंगलपुर
प्रथम , नेवार समाज गुठी समुह कालिका न.पा. ८ र ९ शक्तिखोर द्धितिय ,आत्म शान्ति बौद्ध स्तुप गुरु∙ समाज र झुवानी थारु महिला तथा वठिनीया
ठेकरा टोली तृतिय , नृत्य बिशेषतर्फ थारु समाज झांकी
डम्फुनाच समुह खै.न.पा. ५ प्रथम , कुमाल सांस्कृतिक टोली
ठुलो नाच समुह भोजाड द्धितिय र मझुइ झाम्टा टोली
खै.न.पा. ५ र सरस्वती वुहारी महिला समुह र.न.पा. ३ हाजीपुर तृतिय
भएका छन् । प्रथम , द्धितिय र तृतियलाई क्रमश नगद पाँच हजार , तिन
हजार र दुई हजार रुपैँया पुरस्कार प्रदान गरिएको शोभा यात्रा
व्यवस्थापन उपसमिती संयोजक विरन्जना घिमिरेले जानकारी दिइन् ।
रत्ननगर नगरपालिकाका मेयर नारायण वन र रत्ननगर उद्योग वाणिज्य
संघका अध्यक्ष राजाराम रेग्मीले संयुक्त रुपमा पुरस्कार प्रदान गरेका
थिए ।