५० करोड उठाउने लक्ष्य सहित रंगशालामा महायज्ञ हुदै


चितवन/चितवनको भरतपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि ५० करोड रुपैयाँ संकलन गर्ने गरी महायज्ञको तयारी तिव्र पारिएको छ । ५० करोड सहयोग संकलन गर्ने गरी माघ १९ देखि २६ गतेसम्म चल्ने महायज्ञको तयारी अन्तिम चरणमा पुगेको आज भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको हो । जनस्तरबाट सहयोग संकलनका लागि महायज्ञ गर्न लागिएको धनधान्याचल महोत्सव मुलसमारोह समितिका संयोजक एवं नेकपाका प्रदेश सांसद विजय सुवेदीले जानकारी दिए ।
उनका अनुसार महायज्ञ बाट ५० करोड रकम संकलन गर्ने लक्ष्य लिईएको छ । ३ अर्ब लागत अनुमान गरिएको रंगशाला निर्माणका लागि महायज्ञबाट ५० करोड रकम संकलन गर्ने लक्ष्य राखिएको संयोजक सुबेदीले जानकारी दिए । महायज्ञ सम्पन्न गर्नका लागि एक हजार एक सय ११ सदस्यीय मुल समारोह समिति निर्माण समेत गरिएको महायज्ञ आयोजक समितिका महासचिव दिनेशकुमार कुमार चुकेले जानकारी दिए ।
महायज्ञमा पण्डित दिनबन्धु पोखरेलले पुराण बाचन गर्ने योजना रहेको छ ।
महोत्सवको उद्घाटन विभिन्न २२ विधाका राष्ट्रिय ख्यातिप्राप्त २२ जना खेलाडीबाट सयुक्त रुपमा गर्ने तयारी भएको छ । महोत्सव सम्पन्न गर्न ५० लाख रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ ।