सीजिको ठगी : ब्यबसायीहरु बिरोधमा, ब्यस्थापन टसकी मस

चितवन । नेपालका धनाढ्य बिनोद चौधरीको लगानी रहेको चितवनको भरतपुरस्थित सिजी ल्याण्डमार्कले ठगी गरेको आरोप लागेको छ । महलले ब्यबसायीहरुलाई भाडाको नाममा खाली स्पेशको समेत भाडा लिई ठगी गरेको हो ।
ब्यबसयाीहरुका अनुसार महल फुलफेजमा नचल्दै पुरा भाडा असुलेको महल ब्यबस्थापनले कोठा तथा सटरहरुको स्कयरफिटको हिसाबले रकम लिएको ठिक भएपनि आफ्नो पसल बाहिरको प्यासेजको समेत २० प्रतिशतका दरले भाडा लिने गरेको पाईएको हो । यस बिषयमा महल ब्यबस्थापनसँग कुरा राखे पनि सुनवाई नभएको एक पिडीत ब्यबसायलिे बताए । उनका अनुसार आफुहरुले लिखित माग पेश गरिसकेको तर ब्यबस्थापन पक्ष टस की मस नभएको कारण आफुहरु पत्रकार सम्मेलन गर्ने तयारीमा रहेको जानकारी दिए ।
यसैबिच, महल ब्यस्थापन गर्दै आएका सिजी ल्याण्डमार्कका ब्यस्थापक उज्जव केसीसँग यस बिषयमा बुझ्दा उनले लोडिङ्गचार्ज अन्र्तराष्ट्रिय प्राक्टीस भएको भन्दै दिल्लीमा ६० प्रतिशत सम्म लोडिङ्गचार्ज लिएकोमा आफुहरुले कम लिएको जिकीर गरे । उनले सो रकम लिनु जायज भएको तर्क गर्दै आफुहरुको महलमा के गर्ने त्यो आफुहरुले नै तय गर्ने भन्दै जसलाई पच्दैन उनीहरुलाई यहाँ बस्नैपर्छ भन्ने छैन् ।
यता, ब्यबसायीहरुले भने महल ब्यबस्थापनको ठगीको पर्दाफास गर्र्ने सल्लाह भईरहेको छ भने । स्मरण रहोस उक्त महलको बिषयमा निर्माणको चरणबाटै बिबादमा परेको थियो । जस्को बारे हामी खोजीनिती गर्दै जाने नै छौं । भण्डाफोर अभियान साप्ताहिकबाट