एक्सपो सेन्टर असफल पार्दै महानगर

चितवन । राज्यको करोडौं लगानीमा जिल्लाका उधोगी ब्यबसायीहरुको समेत तन, मन धन खर्चिएर बनेको चितवन एक्सपो सेन्टर यतिखेर भरतपुर महानगरकै असहयोगको कारण असफल बन्ने अवस्थामा पुगेको छ । नेपाल सरकारको १५ करोड र निजी क्षेत्रको ९ करोड लगानीमा भरतपुरस्थित साना तथा घरेलु उधोगको मैदानमा रहेको एक्सपो सेन्टर महानगरको अदुदर्शी निती र गलत शैलीको कारण असफल बन्दै जान थालेको हो । साना तथा घरेलु उधोगको स्वामित्वमा रहेको २ बिगाहा ७ कठठ ९ धुर जग्गामा फुडकोर्ट सहितको ३ वटा सुबिधासम्पन्न एक्सपो सेन्टर हुदाँहुदै भरतपुर महानगरका मेयर रेणु दाहाललाई समेत गुमराहमा राख्दै मुनाफा कमाउने उध्यश्यले आयोजना गरिएका ब्यबसायिक मेला महोत्सवहरु एक्सपो सेन्टरमा नगराई महानगरले नै जथाभावी नारायणीतिर, लायन्सचोक, क्याम्पाचौंर लगाएत नारायणगढ भरतपुर क्षेत्रका खाली मैदानहरुमा लगाउन दिने प्रबृती बढेसँगै राज्य र निजी क्षेत्रको करोडौं लगानी बालुवामा पानी हाले सरह खेर जाने अवस्था आएको हो । यो बिषयमा महानगरको नेतृत्व सचेत हुनुपर्छ, नारायणगढका एक ब्यबसायीले भने । यसैबिच, चितवन उधोग संघका अध्यक्ष राजु पौंडेलले गत् बर्षहरुमा एक्सपो सेन्टरमै मेला लगाएको क्यानले यसपाली लायन्सचोकको मण्डीमा मेला लगाउनुमा महानगरकै कम्जोरी भएको बताए । उनले भने निर्णकर्ताहरुले सोच्नुपथ्र्यो कम्जोरी भएको छ, आगामी दिनमा त्यसलाई सच्याउनुपर्दछ । यता महानगरका प्रमुख प्रशासकिय अधिकृत प्रेम जोशीले एक्सपो सेन्टर महङ्गो भएर साना ब्यबसायीहरु त्याहाँ जान नसकेको जवाफ दिए । जवकी एक्सपोमा ८० वटा भन्दा बढी स्टल राख्न मिल्ने एसीसहितको सुबिधासम्पन्न हलको जम्मा एक लाख भाडा रहेको छ । यसरी, महानगरमा निणर्य गर्नेहरुको कम्जोरीको कारण पुर्बप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको बिशेष पहलमा राज्यको करोडौं लगानी रहेको एक्सपो सेन्टर सुनसान बन्दै जाने र स्मार्टसिटीको रुपमा बिकास गर्ने परिकल्पना गरिएको महानगरका खाली मैदानहरुमा दैनिक हाट बजारसरी ब्यबसायीक मेलाहरु लाग्नु कति ठिक हो सरोकारवालाहरुले स्वंय बिश्लेषण गनुपर्ने भएको छ ।
भण्डाफोर अभियान साप्ताहिकबाट