करमा पक्षपात नगर ।

देशभर सञ्चालीत धनधन्याञ्चल महायज्ञमा बाचन गर्ने बाचक पण्डीतहरुले बार्षिक रुपमा प्रशस्त आम्दानी गर्ने भएपनि उनीहरु करको दायरामा नआएको खुलेको छ । पण्डीत दिनबन्धु पोख्रेललगाएतका एकाध पण्डीतहरुले प्यान नम्बर लिएपनि अरु धेरै यस्ता बाबा र पण्डीतहरुले प्यान नम्बर समेत नलिएको खुल्नमा आएको छ । राम्रो आर्थिक उपार्जन गर्ने यस्ता बाबा र पण्डितहरुले कर भने नतिर्ने भएकोले राज्यका कर नियामक निकायहरुले पक्षपाती ब्यबहार गरेको प्रष्ट भएको छ । एउटा २ लाख लगानी गरेर दैनिक २ हजारको कारोबार गरी २ सय कमाउन मुश्कील निम्नस्तरका ब्यबसायीबाट कर असुल्ने राजस्व कार्यालयहरु बार्षिक करोडौं आय गर्ने बाबाहरुसँग कर असुल्न किन सक्दैन् । चौतर्फी आमरुपमा प्रश्न खडा भएको छ । नेपालको कानुन अनुसार एउटा ब्यक्तिको वा ब्यबसायबाट बार्षिक ४ लाख भन्दा बढी आम्दानी भएमा उस्ले आयकरको रुपमा अवस्था हेरी २५ प्रतिशतसम्म कर तिर्नुपर्दछ तर बार्षिक करोडौं आय भएका यी बाबाहरुको सम्पतीमा किन कर लाग्दैन् । उनीहरुले जोडेको निजी सम्पतिमा कर लाग्नुपर्ने होईन र ? त्यस्तै कतिपय बाबा तथा धार्मीक तथा अन्य आबारणमा रहेका प्रतिष्ठान र फाउण्डेसनहरुले समेत बिभिन्न बाहानामा कर छली गर्ने र भन्दा समाजिक सस्थाँ भन्ने अनि भित्रत्रिभ सामाजिक सस्थाँकै सम्पति ति सस्ँथाका प्रमुखहरुले ब्यक्तिगत रुपमा प्रयोग गर्ने कायहरु भईरहेका छन् । यसर्थ राज्यको दृष्टीबाट सबैलाई समान करनिती हुनुपर्ने र कर छली गर्नेहरु जो सुकैभएपनि कार्बाही हुनुपर्ने देखिन्छ । अत सरकार बाबाहरुको निजी सम्पतीहरुको छानबिन गरी कर छल्नेहरुलाई आवश्यक कार्बाही गर । करमा पक्षपात नगर । भण्डाफोर अभियान साप्ताहिकबाट