आन्तरिक राजश्व कार्यालय भरतपुरका कम्प्युटर अधिकृत १० हजार घुससहित अख्तियारद्वारा पक्राऊ

चितवन/सेवाग्राहीसंग १० हजार रुपैंया घुस लिँदै गर्दा आन्तरिक राजश्व कार्यालय भरतपुरका एक कर्मचारी अख्तियारको नियन्त्रणमा परेका छन् । कार्यालयमा कम्युटर अधिकृतको रुपमा कार्यरत रामकुमार अधिकारी १० हजार घुस सहित अख्तियार को फन्दामा परेका हुन्
अधिकारीले विद्युतीय बीजक जारी गर्ने अनुमति पत्र बनाइदिने भन्दै सेवाग्राहीसंग घुस लिएका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट आएको टोलीले उनकै कार्यकक्षमा रकम सहित नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ।