रुपन्देहीमा ३ वटा ट्रक एकापसमा ठोक्किँदा ३ को मृत्यु, २ घाइते

१४ , माघ । रुपन्देहीको रोहिणी गाउँपालिकामा आज तीन वटा ट्रक एकापसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने दुई गम्भीर घाइते भएका छन् ।

भैरहवा परासी सडकखण्डमा पर्ने रोहिणी गाउँपालिका–४ सिपागढमा भैरहवादेखि परासीतर्फ जाँदै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक परासीदेखि भैरहवातर्फ आउँदै गरेको ना २ ख ८४८१ र ना ५ ख ७८५६ नम्बरको ट्रक आपसमा ठोक्किँदा ट्रकमा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

मृत्यु हुनेमा नवलपरासी पाल्हीनन्दन गाउँपािलका–४ बस्ने ३५ वर्षीय लालु कुर्मी, सोही ठाउँकै ३० वर्षीय मोबिकन कुर्मी र सुनसरी चदाराका ३६ वर्षीय पूर्णबहादुर भुजेल रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी हवल्दार हिमलाल भुसालले जानकारी दिनुभयो ।

रासस