ठग बाबाको महायज्ञ उद्दघाटन गर्न उपरा्ट्रपति पुन नजाने।


चितवन/ठग बाबा बालेश्वर महाराज नाम बताउने विजय भण्डारीले चितवनको नारायणी नदीको किनारमा लगाउन लागिएको महायज्ञ उद्दघाटनमा उपरा्ट्रपति पुन नजाने भएका छन् । नारायणी नदी किनारामा हुने ‘१०८ कुण्डीय कोटीहोम शैक्षिक, तथा सांस्कृतिक तुलादान माघीमेला महामहोत्सव एवं संगीतमय लीलामय अष्टोहत्तरशत श्रीमद्भागवत धनधान्याचल पितृमोक्ष विराट मासिक ज्ञान महायज्ञ’ नाम दिएको महायज्ञ उद्घाटन उपरा्ट्रपतिद्वारा गर्ने कार्यक्रम यस अघि तय भए पनि धर्मको आवरणमा ठगी धन्दामा सक्रिय आफूलाई ‘बालयोगेश्वर महाराज’ बताउने भण्डारीको कर्तुतहरु सञ्चारमाध्यमले सार्वजनिक गरेपछि विवादित कार्यक्रममा उपरा्ट्रपति नजाने भएका हुन्। भण्डाफोर अभियानकर्मिसँग कुरा गर्दै उपरा्ट्रपतिका प्रेस सल्लाहकार मनोज घर्तीमगरले कुरा गर्दै उपरा्ट्रपति कार्यक्रममा नजाने पुष्टि गरे। घर्तीले भने सबै धर्म संस्कृतिलाई संरक्षण गर्नु राज्यको दायित्व भएकोले उपरा्ट्रपतिद्वारा उद्दघाटन गर्ने कार्यक्रम रहेको तर बाबाको विषयमा सञ्चारमाध्यमले समाचार सार्वजनिक गरेपछि विवादित कार्यक्रममा नजानु राम्रो देखिएकाले कार्यक्रम स्थगित गरिएको जानकारी दिए।