ठग बाबाको महायज्ञ उद्दघाटन गर्न उपरा्ट्रपति पुन चितवनमा ।


चितवन/उपरा्ट्रपति नन्दबहादुर पुन ठग बाबा बालेश्वर महाराज नाम बताउने विजय भण्डारीले चितवनको नारायणी नदीको किनारमा लगाउन लागिएको महायज्ञ उद्दघाटन गर्न शुक्रबार नै चितवन आइपुगेका छन्। आज शनिबारदेखि नारायणी नदी किनारामा हुने ‘१०८ कुण्डीय कोटीहोम शैक्षिक, तथा सांस्कृतिक तुलादान माघीमेला महामहोत्सव एवं संगीतमय लीलामय अष्टोहत्तरशत श्रीमद्भागवत धनधान्याचल पितृमोक्ष विराट मासिक ज्ञान महायज्ञ’ नाम दिएको महायज्ञ उद्घाटन गर्न चितवन पुगेका हुन् ।
धर्मको आवरणमा ठगी धन्दामा सक्रिय
आफूलाई ‘बालयोगेश्वर महाराज’ बताउने भण्डारीको कर्तुतहरु सञ्चारमाध्यमले सार्वजनिक गरिसकेको अवस्थामा उपरा्ट्रपतिद्वारा कार्यक्रम उद्घाटन गर्न जानु पदीय मर्यादा विपरित भए पनि पुन कार्यक्रम उद्दघाटन गर्न तम्सिएको ले उपरा्ट्रपति पदकै खिल्ली उडाएको आमविश्लेषण भइरहेको छ । आफूलाई श्री विष्णु प्रपन्नाचार्यजी महाराजको नाममा चिनाउँदै आएका यी ठग स्वामीको ठगी धन्दाको बारेमा आजको कान्तिपुर दैनिकले समेत सविस्तार समाचार छापेको छ ।

गत हप्ता नै धर्मको आडमा महायज्ञको नाममा बाबाको समूहले चितवनमा अवैध असुली गरेको विषयमा भण्डाफोर अभियान साप्ताहिले समाचार छापेको थियो। छद्मभेषी बाबा रूपी भण्डारीले अमेरिकामा हुने वल्र्ड गीता म्याराथन, श्रीमतद्भागवत, श्रीराम चरितमानस, गीता प्रवचन लगायत कार्यक्रममा नेपाल र भारतबाट १०८ जनालाई प्रवचन गर्न लैजान लागेको भन्दै १०० जना विद्यार्थीबाट जनही एक लाख उठाएर ठगी गरेका थिए । धार्मिक आवरणमा ठगी धन्दा गर्दै आएका भण्डारीलाई २०६९ कात्तिकमा जिल्ला प्रहरी कार्यालय गुल्मीले दसैं मनाएर घरबाट फर्कने क्रममा पक्राउ गरेको थियो । गजबको कुरा त के भने धर्मलाई अफिम भन्ने कम्युनिस्ट पार्टीका नेताहरु नै ठग बाबालाई बोकेर हिड्नु ले कता उनै ठगको ठगी धन्दाको कमिसन त आउदैन नेताहरुलाई चौतर्फी आशंका बढेको छ। चितवनमा आफूलाई खाट्टी कम्युनिस्ट भन्नेहरू नै बाबाको अवैध असुलीको सारथी बन्न खोजेको दिष्ट्टान्तले चितवनको चिया पसलदेखि चोक चोकमा कम्युनिष्टका नामका कलंकहरु भन्दै चर्चा बढेको छ।