चितवनमा प्रहरी प्रमुखबिहीन कहिलेसम्म ?


चितवन । प्रहरी प्रमुख छान्न सकस बढेसँगै चितवन प्रहरी कार्यालय प्रमुख विहीन बनेको एक महिना पुग्न लागीसकेको छ ।
प्रहरी प्रधान कार्यालयले पुस ४ गते चितवनका प्रहरी प्रमुख दानबहादुर मल्लको सरुवा गराएसँगै चितवन प्रहरी प्रमुख बिहीन बनेको हो । प्रहरी प्रधान कार्यालयले सरुवा निकालेका मध्ये अधिकांश जिल्लाका एसपीले एक हप्ताभित्रै आफ्नो आफ्नो काम सम्हालीसकेका छन् । चितवनका तत्कालीन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले समेत सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि १३ दिनमा जिल्ला छाडे तर चितवनमा भने अहिलेसम्म नयाँ एसपी पठाईएको छैन ।
चितवनमा सरुवा गरिएकी एसपी गंगा पन्तको विवादित फेसबुक कमेन्टको कारण उनलाई पठाउन प्रहरी प्रधान कार्यालय अनिच्छुक देखिएको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा सम्बन्धी स्टाटसमा उनले फेसबुकमा ‘रिप’ लेखेपछि आलोचना भएको थियो । यद्यपि, उनले भुलबस कमेन्ट भएको बताउँदै आएकी छन ।
यसैबिच, चितवनमा किन प्रहरी प्रमुख बिहिन बनाईएको भन्ने प्रश्नमा प्रहरी प्रधान कार्यालयका प्रवक्ता शैलेश थापा क्षेत्री भने यो प्रहरी प्रधान कार्यालयले निर्णय गर्ने हो केही दिनमै यो बिषयमा निर्णय हुने जानकारी दिए । उनले सहि समयमा सहि निर्णय गर्ने भन्दै चितवनमा प्रहरी प्रमुख तत्कालै नपठाउने संकेत गरे । यसरी जिल्लामा लामो समय प्रहरी प्रमुखबिहिन बन्दा प्रहरीका दैनिक काम कार्बाहीहरु समेत प्रभावित बनेको एक प्रहरीले बताए । प्रहरी नायब उपरिक्षक एकनारायण कोईरालाकै कमाण्डमा जिल्ला चलिरहेको छ । जवकी बिगतमा एउटा एसपीको अलवा दुई जना डीएसपीहरु हुने गर्दथे चितवनमा तर अहिले एउटै डिएसपीको भरमा चलिरहेको छ चितवनको प्रहरी प्रशासन । जानकारहरुका अनुसार सकेसम्म गंगा पन्तलाई नै झुकाएर चितवन पठाउने उनी झुक्न नमाने अर्को एसपी पठाउने तयारी समेत भईरहेको बुभिएको छ । प्रचण्डसँग भेटी माफी मागेमा जिल्लामा अझै एसपी गंगा पन्त नै आउने सम्भावना रहेको श्रोतको दाबी छ । जे होस राजनितीक खेलको झेलमा प्रहरी प्रमुख बिहिन बनाईरहनुपक्कैपनि बुद्धिमानी कार्य होईन यस प्रहरी प्रधान कार्यालय र गृह प्रशासन गम्भीर बन्नुपर्ने देखिन्छ । आजको भण्डाफोर अभियानबाट