Breaking News

चितवनमा महायज्ञको नाममा धर्मको ब्यापार बढ्यो : पापबाट मुक्त हुने भ्रम छर्दै सर्बसाधरणबाट करोडौं अबैध असुली

सुर्य बराल/चितवन / चितवन लगाएत देशभर यतिखेर एउटा धर्मब्यापारीहरुको समूह महायज्ञको नाममा पापबाट मुक्ति पाईने भ्रम छर्दै अबैध असुलीको धन्दा गरिहेको छ । देख्दा हेर्दा सामान्य लाग्ने यो प्रबृती नेपालमा आम रुपमा बढीरहेको छ, जस्ले नेपाली समाजलाई थप बिकृती एव बिसंगतियुक्त बनाईरहेको छ ।
सत्य, न्याय र अहिंसा नै परमधर्म हो भन्ने मान्यतालाई पनि माथ गर्दै यो प्रबृतीले जस्ले धेरै पैंसा दिन्छ उस्ले बिगतमा पाप गरेको भएपनि मुक्त हुने तथा धर्म र पुण्य कमाईने भम्रको खेती गर्दै हिडीरहेको छ । यस्ता धर्मब्यापारीहरु मध्ये एक नम्बरमा हाल नारायणी नदी किनारमा गर्न लागीएको महायज्ञ पर्दछ । महायज्ञको नाममा करौंडो आय ब्यय गर्ने उनीहरुले कर समेत छली गर्ने गरेको देखिन्छ । बर्षमा ५ लाखको कारोबार नगर्ने जनसामान्यलाई करको डण्डा लगाउने आन्तरिक राजस्व कार्यालय, राजस्व बिभागहरु के हेरी बसेका छन् ?
एतिहासिक कोटीहोम महायज्ञको नाम दिईएको त्यो महायज्ञमा ३५ हजार भन्दा बढी रकम तिर्ने एक जनालाई, ६० हजार भन्दा बढी तिर्ने परिवारको दुई जनालाई, ८५ हजार भन्दा बढी तिर्ने परिवारको ३ जना र १ लाख तिर्नेको ४ जना परिवालाई हेलीकफ्टरबाट मौलाकालीका र देबघाट घुमाई अभिनन्दन गरिने भन्दै स्पष्ट रुपमा ब्यापारीक कार्य गरिएको छ । एउटा बिरामी माथी कर लाग्छ, औंषधीमा कर लाग्छ, खाधान्न र पानीमा समेत कर लाग्छ । आपतकालीन रुपमा हेलीकफ्टर चार्टर गर्दा कर लाग्छ, अनि यी धर्मको नाममा करोडौंको कारोबार गर्नेहरुलाई किन कर नलाग्ने ?
नारायाणगढका एक सर्बसाधरणले प्रश्न गरे । त्यति मात्र होईन तुलादान लगाएतका बिभिन्न नाममा पैसा हुनेहरुले धर्मलाई बढी रकमकै आधारमा किन्न सकिने जस्ता धार्मिक प्रलोभनका कार्यक्रम र योजनाहरु सार्बजनिक गरेका यस्ता महायज्ञमा धर्म धन्दा नी बढी धर्मको ब्यापार भईरहेकोले यस्ता प्रबृतीलाई रोक्न नसकिएमा हिन्दुधर्मको नाममा गरिने यस्तै यस्तै बिभेदको कारण क्रिश्चीयनहरु फैलीरहेको भरतपुरका अर्का एक युवाले गुनासो गरे ।
त्यतिमात्र होईन कोटीहोम यज्ञको नाममा निम्नलिखित दान सेवा प्रदान गरी पूण्यको भागीदार बन्न सकिन्छ भन्दै अढाई दर्जन शिर्षकमा रकम तोकीएको छ । यस्तो कार्य कोटीहोमको अवला भरतपुर वडा नं.९ मा ब्रमाहण समाजको नाममा भईरहेको छ । त्यस्तै अरु दर्जनौं स्थानमा यस्ता यज्ञ र महायज्ञहरु भईरहेका छन् । जहाँ करोडौंको कारोबार हुने गर्दछ । उनीहरुले लगाउने यस्ता महायज्ञमा के कति आम्दानी भयो त्यो समेत नदेखाउने गरेको बिगतमा महायज्ञ लगाउनेहरु नै काफी छन् । कतिपयले सार्बजनिक गरेका बिबरणहरु पनि अपुग र अपारर्दशी हुने गरेको पाईएको छ ।
यसबाट जगजाहेर हुन्छ, यो धर्मको नाममा ब्यापार हो । ब्यापार पनि करमुक्त कालो ब्यापार । हुन त् बिगतमा कतिपय बिधालय निर्माण लगाएतका कतियय राम्रा काममा महायज्ञ हुने गरेको भएपनि अहिलेसम्म आईपुग्दा महायज्ञहरु बिशुद्ध ब्यापारमा परिणत भएका छन् । यस्ता ब्यापारको न कुनै हिसाब लेखाजोखा छ, न कुनै नियम कानुनको परिपालना अझ रोचक कुरा त् के छ भने यस्ता महायज्ञमा लाखौं रकम दिने मानिसहरुको कारोबारको श्रोत नै अबैध हुने गरेको पाईएको छ ।
यसैबिच जिल्लामा महायज्ञहरु भईरहेका छन्, के यीहरुलाई करको दायरामा ल्याउनुपर्देन भनि भण्डाफोर अभियानले सोधेको प्रश्नमा आन्तरिक राजस्व कार्यालय भरतपुरका प्रमुख शुभशंकर रिजालले यसबारे आफु अनबिज्ञ रहेको भन्दै बरु महायज्ञमा लाखौं दान दिनेहरुको सम्पतिको श्रोत के हो त्यो बारे खोजीनिती गर्न सकिने भन्दै यसबारे बिभागमा बुझेर जानकारी दिने बताए ।
धर्मको नाममा भईरहेका यस्ता अबैध ब्यापार र आर्थिक कारोबारलाई नियमन गर्न जरुरी भईसकेको छ । यस बिषयमा आन्तरिक राजस्व कार्यालय, राजस्व बिभाग, सम्पति शुद्धिकरण बिभाग लगाएतका निकायहरु मुकर्दशर्क रहनेकी समयसोक्षिक निती नियमको बिकास गर्ने ? यो बिषयमा सबत्र प्रश्न उठिरहेको छ । आजको भण्डाफोर अभियानबाट